विराटनगर। प्रदेशमा असंवैधानिक ढंगले प्रदेश नियमावली र संविधानका धारालाई छलेर नियुक्त गरिएको मुख्यमन्त्रीको पक्षमा लिइएको विश्वासको मतले संविधानको हुर्मत लिएको  विरुद्ध नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्रि हिक्मत कार्कीले बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको प्रथम साधारण सभामा बोल्दै नेता कार्कीले त्यसका विरूद्ध अदालत जाने बताउनु भएको छ । संसदीय दलले समेत रिट दायर गर्ने निर्णय गरेकाले आफैं मुद्दा लिएर अदालत जाने उहाँको भनाई छ ।