धरान । राष्ट्रिय गौरब आयोजनाको मदन भण्डारी राजमार्ग अन्तरगत पर्ने धरान ६ पानबारीमा निमाण कार्य ढिलासुस्ती र माप दण्ड पुरा नगरी लापारबाही गरिएको भन्दै नेपाली काँग्रेस धरान ६ पानबारीले आपत्ती जनाएको छ । 

2 15

काँग्रेस सभापति वीर बहादुर कार्कीको सभापतित्वमा आज वसेको वैठकले उक्त राजमार्ग निर्माण ढिला सुस्ती भएको र मापदण्ड समेत पुरा नगरी लापारबाही गरिएको भनेर आपत्ती जनाएको हो । वैठकले उक्त राजमार्ग निर्माणलाई दु्रत गतिमा अघि वढाउन र निर्माण मापदण्ड अनुसार गर्न समेत माग गरेको छ । 

निर्माण कार्य ढिलाई हँदा आवात जावतमा समेत सर्वसाधारणलाई सास्ती भोग्नु परेकोले चाँडो निर्माण कार्य सम्पन्न गर्न पनि काँग्रेसले माग गरेको छ । सुस्त गतिमा भएको निर्माण कार्यलाई दु्रत गतिमा गर्न माग गर्दै आज ६ नम्बर वडा समिती पानबारीका अध्यक्ष भुपेन्द्र भट्टराईलाई ध्यानाकर्षण पत्र पनि वुझाएको छ । 

ध्यानाकर्षण पत्रमा भनिएको छ,राष्ट्रिय गौरबको आयोजना मदन भण्डारी राजमार्ग ढिलाई भएको छ, मापदण्ड पुरा नगरी निर्माण कार्य भएको हुँदा वडा कार्यालयलाई ध्यानाकर्षण गराई चाँडो अनुगमन समिती वनाएर निगरानी गर्न पनि माग गर्दछौं,अन्यथा स्थानीय  सरकारको वडा समितीले पनि वेवास्ता गरेको खण्डमा शसक्त रुपमा अघि वढ्ने समेत चेतावानी दिइएको छ र तीन दिन भित्र ध्यानाकर्षणको माग पुरा गर्न अनुरोध गर्दछौ ।’