धरान । धरा उपमहानगरपालिकाका पूर्व मेयर,मेयर पदका प्रत्यासी उम्मेद्धवार , प्रदेश सभा सदस्यका लागि प्रत्यासी  र  नेपाली काँग्रेस महा समिती सदस्यले आज डेङ्गु रोगको उपचारको लागि २ लाख बराबरको स्वास्थ्य सामाग्री उपमहानगरपालिकाको स्वास्थय महाशाखालाई हस्तान्तरण गर्नु भएको  छ । 

2 13

नेपाली काँग्रेस धरान उपमहानगर समिती मार्फत स्वास्थय महाशाखालाई धरान उपमहानगरपालिकामा हस्तान्तरण गरिएको हो । पूर्व मेयर तिलक राई,स्थानीय तहको निर्वाचनमा मेयर पदका प्रत्यासी उम्मेद्धवार किसोर राई,प्रदेश सभा सदस्य पदका उम्मेद्धवार उमेश थापा,महा समिती सदस्य सुवास राईद्धारा उपलव्ध गराइएको औषधी सहितको स्वास्थ्य सामाग्री स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतालाई नेपाली काँग्रेसले हस्तान्तरण गरेको हो ।

3 12

सिटामोल,जीवनजल,किट्स सहित दुइ लाख बराबरको स्वास्थ्य सामाग्रीहरु  धरान उपमहानगरलाई उपलव्ध गराएको हो । स्वास्थ्य महाशाखा प्रमुख मेहताले स्वास्थ्य संकटको वेला नेपाली काँग्रेसले सहयोग गरेकामा धन्यवाद ज्ञापन पत्र पनि प्रदान गर्नु भएको थियो । 

नगर सभापति श्याम पोख्रेलले डेङ्गुको माहामारी नियन्त्रण गर्न र विरामीको औषधी उपचारको लागि पार्टीले कुनै कसुर नराखी राहत र कामहरु गर्दै आएको वताउनु भयो ।उहाँले भन्नु भयो,‘पार्टीले यो महामारी रोकथाम र नियन्त्रण गर्नको लागि प्रदेश सरकार,संघीय सरकार लगायतसँग सहयोग र समन्वयकारी भुमिका निर्वाह गर्दै आएको छ,सरकारले पनि तत्कालै धरानको समस्या समाधान गर्न सहयोग गर्ने पनि भएको जानकारी गराउँदछु।’  

4 7

उक्त कार्यक्रममा नेपाली काँग्रेस महा समिती सदस्य पर्वत राई , पूवृ मेयर तिलक राई,मेयर पदका प्रत्यासी उम्मेद्धवार किसोर राई ,क्षेत्रीय सभापति सुजेन्द्र तामाङ लगायतको उपस्थितीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

नेपाली काँग्रेस सुनसरी क्षेत्रीय समितीले पनि धरानलाई एक घर एक विरुवा अभियान अन्र्तगत धरान उपमहानगरभरी नै डेङ्गु नियन्त्रण र विरामीलाई औषधी उपचारको लागि अभियान नै सन्चालन गर्दै आएको  छ । ’  हस्तान्तरण कार्यक्रममा नगर समितीका पदाधिकारी सहित काँग्रेसका नेताहरुको उपस्थिती रहेको थियो ।