धरान । आइतबार नेपाल फिजिकल ट्रेनिङ एशोसिएशन (एनपिटिए )क्षेत्रीय कार्य समिती धरानको आठौं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले देवेन्द्र लिम्बुको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरिएको छ । 

3 11

 लिम्बुको अध्यक्षतामा  १३ जनाको नया कार्यसमिती गठन भएको हो  । नव गठित कार्य समितीको उपाध्यक्ष गणेश चौहान , सचिव सन्तोष राई , सह –सचिव संजिव राई ,कोषाध्यक्ष सन्तोष राई (बसन्त) लाई चयन गरिएको छ  । त्यसैगरि सदस्यहरुमा सुनिल राई,सुर्या बहादर तामाङ,किसन राई,  मदन राई , ईन्द्र इधिङ्गो ,सुरेश पन्धाक,तेज कुमार राई ,पारुहाङ तुम्बाम्फेलाई साधारण सभाले चयन गरेको छ ।  ।

समितीको अध्यक्ष पर्वत राईको अध्यक्षतामा सम्पन्न भएको उक्त  बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनमा प्रमुख आतिथ्यता एनपिटिएका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोपाल राईले गर्नु भएको थियो भने अतिथीहरुमा केन्द्रीय सदस्यहरु हिमाल गुरुङ, रविन राई ,कुमार तामाङ,भिम मगरको, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई लगायतको सहभागीता रहेको थियो ।

संस्थापक अध्यक्ष पर्वत राईका अनुसार संस्थागत विकासका लागि गठन भएको नेपाल फिजिकल ट्रेनिङ एसोसिएसन क्षेत्रीय कार्य समिती धरानमा १४ वर्ष अघि स्थापना भएको हो र  हाल यो समितीमा आवद्ध ३२ वटा टे«निङ सेन्टरहरु रहेका छन् । संस्था स्थापना भएदेखि नेतृत्व राईले नै गर्दै आउनु भएको थियो । 

उहाँले भन्नु भयो,‘अहिले सम्म आइपुग्दा संस्थाको दिगो विकाससँगै परिपक्व नेतत्व तयार गर्न सफल भएको छु,अव नयाँ नेतृत्व मार्फत अझै संस्था शसक्त ढंगले अघि वढ्ने छ,तर संस्थालाई राय सल्लाह सुझाव र विकासको निम्ति सदैब साथ नै रहने छु।’   साधारण सभामा स्वागत मन्तव्य क्षेत्रीय उपाध्यक्ष देवेन्द्र लिम्बु,सदस्य गणेश चौहानले मन्तव्य राख्नु भएकाे थियाे  ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले संस्थाले पत्रकारीता क्षेत्रलाई सम्मान गरी सामाजिक क्षेत्रमा कलम चलाउने श्रमजीवी पत्रकारलाई हौसला प्रदान गरेका धन्यवाद दिनु भयाे  प्रमुख अतिथी लगायत अतिथीहरुले नया कार्यसमितीलाई बधाई ज्ञापन दिनु भयाे ।

received_1044809453549605

५ बुदे  कार्य योजना  

संस्थागतरुपमा तालिम सञ्चालन गरेका धरान भित्रका एनपिटिएमा आवद्ध तालिम केन्द्रहरुलाई  पायक पर्ने गरी फिल्ड खोजी फिल्डलाई सुविधासम्पन्न बनाई  तालिम सञ्चालन गर्न  तालिम हल व्यवस्थापन गरिने भएको छ । सामाजिक तथा खेलकुद बिकासको लागि विद्यार्थी लक्षीत कार्यक्रम आयोजना गरिने भएको छ भने एनपिटिए सञ्चालन र व्यवस्थापनका लागि     काउन्सिलिङ प्रोगाम आयोजना गरिने साथै अन्तर तालिम केन्द्र स्तरीय शारिरिक खेलकुद प्रतियोगिता आयोजना गर्ने र नयाँ सञ्चालन तालिम केन्द्रलाई एनपिटिएमा आवद्ध गर्न पुन पहल गरिने भएको छ ।

धरानका २ जना सञ्चारकर्मी सम्मानित 

सामाजिक क्षेत्रमा थुप्रै गतिविधी गरिरहेको संस्था नेपाल फिजिकल ट्रेनिङ एशोसिएशनको आठौ बार्षिक साधारणसभाको अवसरमा धरानलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका २ जना सञ्चारकर्मीलाई पुरस्कृत गर्दे सम्मान गरेको छ । 

धरानलाई कार्यक्षेत्र बनाएर सञ्चारक्षेत्रमा कार्यरत कपुरी न्युजका सम्बाददाता रश्मी प्रधान र गोरखापत्र दैनिक तथा बिजयपुर एफएमका सम्वाददाता निशा राई द्धय सञ्चारकर्मीलाई नगद १५ हजार सहित प्रमाणपत्रले सम्मानित भएका छन । द्धय सञ्चारकर्मीलाई समाज परिवर्तनको क्षेत्र सामाजिक रुपान्तरण गर्नका लागि कलम चलाए बापत उदयीमान पत्रकारीता पुरस्कार प्रदान गरिएको छ । यस अघि पनि सुनसरीका  पत्रकारलाई समितीले सम्मान गर्दै आएको छ ।