धरान । सुनसरीको धरानमा जिल्ला स्तरीय  लाखे नाँच प्रतियोगिता यही भदौ १८ गते हुने भएको छ  । शनिबार प्रतियोगिताको विषयमा नेवाः दये दबू धरानले पत्रकार सम्मेलन गरी जिल्ला स्तरीय लाखे नाँच प्रतियोगिता गर्ने जानकारी गराएको हो ।

नेपाल सम्बत ११४३ गंलागा पञ्चमीका दिन भाद्र १८ गते भानुचोकमा खुल्ला लाखे नाँच आयोजना गरिने भएको नेवाः देय् दबू धरानका अध्यक्ष मनोहर शाक्यले पत्रकार सम्मेलनमा जानकारी दिनु भएको छ । प्रतियोगितामा सहभागि हुनेलाई आयोजकले पुरस्कारको समेत व्यवस्था गरिएको छ  । 

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २५ हजार र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद १५ हजार, प्रमाणपत्र, तेस्रो हुनेलाई नगद १० हजार र प्रमाण पत्र, सान्त्वनालाई नगद ५ हजार र प्रमाण पत्र प्रदान गर्नुका साथै सहभागी प्रतियोगीहरूलाई प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । 

प्रतियोगिातमा सहभागि हुनका लागि दर्ता भाद्र १५ गते सम्म गरिसक्नु र दर्ता शुल्क भने २ हजार रुपैयाँ लाग्ने जनाइएको छ ।  संस्थागत वा खुल्ला समूह जुन सुकैले सहभागी हुन पाउने छन् ।

यो वर्ष भाद्र ४ गते नाग पञ्चमीको दिन देखी सुरु हुनेछ । धरानमा बसोबास गर्ने नेवार समुदायमा हरेक वर्ष नाग पञ्चमीको दिन देखि कृष्ण अष्टमीको भोलि पल्टसम्म लाखे नाँच्ने परम्परा रहेको छ । 

यस्तो छ ९ बुँदे आचारसंहिता 

१। धरान क्षेत्र भित्र रहेका सम्पूर्ण लाखे नाच नचाउने समूह वा संस्थाहरू नगर दबूँमा अनिवार्य लाखेनाच गराउने कलाकारको विवरण सहित संस्था वा समूह सूचीकृत गर्नुपर्नेछ ।

२। लाखे नाच समूह वा संस्थाहरू आफ्नो परिचय खुल्ने गरी व्यानर वा परिचय पत्र वा टिसर्ट लगाउनु पर्नेछ ।

३। धरान भित्र रहेका घर वा व्यापार व्यवसायी क्षेत्रमा आर्थिक सङ्कलन गर्न पाइने छैन । 

४। लाखे नाच गराउँदा स्वस्फूत रूपमा प्राप्त आर्थिक सहयोग वा निम्तो प्राप्त भई बढाने दिएको आर्थिक सहयोग ९भेटी० ग्रहण गर्न सकिनेछ । 

५। धरान क्षेत्रबाट बाहिर जाने वा धरानमा आमन्त्रित लाखे समूहको उद्देश्य सहित लिखित जानकारी गराउनु पर्नेछ । 

६। मदिरा पान, मादक पदार्थ र लागूपदार्थ सेवन गरी लाखे नाच्न पाइने छैन । 

७। लाखे नाच संस्कारसँग प्रत्यक्ष सरोकार राख्ने समुदाय बाहेक अन्य समुदायले लाखे नाच गराउन पाइने छैन ।

८। बाल लाखे नाच गर्ने वा गराउने समूहलाई विशेष रूपमा केन्द्रित गर्दै उमेर नपुगेका बालबालिकाहरूलाई लाखे नाच समूहमा हिँड्न नदिन हुने सम्पूर्ण अभिभावकज्यूहरूमा अनुरोध गरिन्छ । कुनै अप्रिय दुर्घटना घटन गएमा सोको जिम्मेवारी स्वयम् लाखे नाच समूह वा अभिभावक हुनेछ । 

९। माथि उल्लेखित भएका कुनै बुँदा उलङ्घन गरेका पाइएमा ढोल, झ्याम्टा जफत गरिनुका साथै कानुनी बमोजिम प्रहरी प्रशासनको सहयोगमा कारबाही गरिने दबूँले जनाएको छ ।