धरान । धरानमा बढदो डेङ्गु माहामारीको नियन्त्रण गर्नका लागि यहाँका सांसद सहित राजनीतिक दलहरुले कोशी प्रदेश सरकारलाई  शनिबार नेपाली काँग्रेस , नेकपा एमाले , नेकपा माओवादी,राप्रपा, नेकपा एस  र जनता समाजवादी पार्टी नेपाल लगायतका राजनीतिक दलहरुले संयुक्त रुपमा डेङ्गु नियन्त्रण र रोकथाम सहित विरामीको औषधी  उपचारको लागि तत्काल सहयोग गर्न   माग गरेकाे छ। 

11

प्रदेश सरकारको मुख्यमन्त्री उद्धव थापा,स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बु सहित पुर्व मुख्यमन्त्री हिक्मत कार्कीलाई भेटेर ध्यानाकर्षण सहित डेङ्गु नियन्त्रण र सहयोग तत्कालिन रुपमा माग गरिएको नेपाली काँग्रेस धरान उपमहानगरका सभापति श्याम पोख्रेलले वताउनु भएको छ । 


4 6

धरानका ६ वटा राजनीतिक दलका प्रतिनिधीहरुले प्रदेश सरकारसँग माग समेत गरेका हुन् । सभापति पोख्रेलले भन्नु भयो,‘विरामीको लागि आवस्यक पर्ने सम्पुर्ण औषधीजन्य वस्तुको व्यवस्था , डेङ्गु नियन्त्रण गर्नको लागि मेसीन लगायतको स्वास्थ्य सामाग्रीहरु औषधी,जीवन जल जस्ता सम्पुर्ण कुराहरुको तत्कालै व्यवस्था गरिदिन माग गरेका छौ।’

5 2

मुख्यमन्त्री उद्धव थापाले एक दुई दिन भित्र नै धरानमा भएको स्वास्थ्य समस्या समाधान गर्नको लागि प्रदेश सरकारले सहयोग गर्ने वताउनु भएको सभापति पोख्रेलले वताउनु भएको छ । धरानमा दलीय भुमिका स्वास्थ्य जस्तो जनसरोकारको विषयमा न्युन भएको भनेर टिका टिप्पणी भईरहेको वेला यहाँका राजनीतिक पार्टी चुप लागेर नवसेको नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजंग एभेङले वताउनु भएको छ । 

उहाँले जनताको स्वास्थ्य संवेदनशीलतमा कुनै पनि दलहरुले मुख ताक्न नहुने सवै दलहरु मिलेर काम गरि रहेको वताउनु भएको छ । आज प्रदेश सरकारको मुख्प्र मन्त्री  सहित अन्य मन्त्री लगायतको भेटमा डेङ्ग नियन्त्रण र विरामीको उपचारको लागि प्रदेश सरकारकाले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेकाे वताउनु भयाे  । 

स्वास्थ्यमन्त्री निर्मला तावा लिम्वूले प्रदेश सरकारले धरानको समस्या समाधान गर्नका निम्ति  बजेटको व्यवस्था सहित सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको अध्यक्ष एभेङले वताउनु भयो । दलहरुले वुझाएको ध्यानाकर्षण पत्रमा स्थानीय धरानलाई स्वास्थय आपतकालिन घोषणा गर्न माग समेत गरिएको छ ।  उक्त पत्रमा भनिएको छ,‘धरान उपमहानगरपालिकाले भने नगरभित्र केही नभएको जस्तो ढंगले दम्भ र अहंकारपूर्ण अभिव्यक्ति दिँदै डेंगीका कारण केवल एकदुई जनाको मात्र मृत्यु भएको अरु दीर्घ रोगीको मात्रै मृत्यु भएको जस्तो गैरजिम्मेवार अभिव्यक्ति दिएको भनेर उल्लेख गरिएको छ । ’

साथै दलहरुले स्थानीय सरकार गैरजिम्मेवार र लाचार भएको अवस्थामा धरानका राजनीतिक दल मुकदर्शक भएर किमार्थ बस्नु हुँदैन भनी सकेसम्म  बिरामीको उपचार र डेंगी महामारी नियन्त्रणको प्रयास गरेको उल्लेख गरेका छन् । डेंगी रोकथामका लागि दलहरुबाट निर्वाचित जनप्रतिनिधिले शिविर समेत सञ्चालन गरेको ध्यानाकर्षणपत्रमा उल्लेख छ । 

डेंगी महामारी नियन्त्रणका लागि सर्च एण्ड डिस्ट्रोय अभियानसमेत दलहरुले चलाए पनि पर्याप्त नभएको भन्दै प्रदेश सरकारसँग सहयोगको अपिल गरेका छन् । दलहरुले प्रदेश सरकारलाई सिबिसी मेसिन १ थानसहित आइआरएस, सिरिन्जदेखि सलाइनसम्म माग गरेका छन ।


 धरानलाई जनस्वास्थ्य आपतकालिन घोषणा गर्न माग   

ramesh basnet

धरान । यसैगरि प्रदेश सांसदहरुले पनि डेङ्गु नियन्त्रण र  रोगको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्  ।शुक्रबार प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठकको शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यले डेंगुको संक्रमण फैलिइरहेको धरानलाई जनस्वास्थ्य आपतकालीन क्षेत्र घोषणा गर्न पनि माग गरेका हुन्  ।

एमालेका रमेशकुमार बस्नेतले परीक्षण गर्दा ७२ प्रतिशतभन्दा धेरैमा डेंगुको संक्रमण देखिने गरेको बताउँदै स्वास्थ्य मन्त्रालयलाई लिखित जानकारी गराउँदा समेत जनस्वास्थ्य आपत्कालीन क्षेत्र घोषण गर्न ढिलाइ भइरहेको बस्नेतको भनाइ छ ।कांग्रेस सांसद ममता तामाङ मगरले डेंगु महामारी नियन्त्रणमा सरकारको उपस्थिति प्रभावकारी हुनुपर्नेमा जोड दिनु भयो र  धरानलाई जनस्वास्थ्य संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने माग उहाको छ ।

एमाले सांसद निरादेवी खनालले पनि डेंगु परीक्षणको दायरा बढाउन र उचित उपचारको प्रबन्ध गर्न सरकारको ध्यानआकर्षण गराउनु भएको छ  । ‘