धरान । धरानको घण्टाघरमा काम गर्ने दुई जना मजदुरलाई विना कारण कामबाट निष्कासन गरेको भन्दै  धरानका मजदुर युनियनका संगठनहरुले बिना सर्त मजदुरलाई पुर्नबहाली नगरिए धरानका सम्पूर्ण मजदुर  आन्दोलित हुने चेतावानी दिएको छ ।  

368687358_323288596740664_2573555531504774059_n

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले विगत डेढ दशक भन्दा वढी काम गर्दै आएका ज्यालादारी मजदुर धरान २ का नर बहादुर लिम्वू र धरान १४ का प्रकाश राईलाई पुर्नबहालीको माग गर्दै ध्यानाकर्षण पत्र सहित १ हप्ता भित्र माग पुरा नभए आन्दोलनमा जाने चेतावानी दिइएको हो ।    

2 11

पहिलो चरण आन्दोलनको कार्यक्रम अन्र्तगत अखिल नेपाल ट्रेड युनियन महासंघ, ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन कांग्रेस सहितका मजदुर नेताहरुले अल्टिमेटम सहितको ध्यानाकर्षण पत्र वुझाएका हुन् ।  

ध्यानाकर्षण पत्रमा भनिएको छ ,‘विना कारण मजदुरलाई निकाला गरेर मेयर साम्पाङले मजदुरलाई अन्याय गरेको प्रति धरानका सम्पूर्ण मजदुरहरुको गंभीर रुपमा ध्यानाकर्षण भएको छ, एक हप्ता भित्र पुर्नबहाली गरि श्रमिकको बाँच्न पाउने अधिकारको सुनिश्चितको लागि जोडदार माग गर्दछौ।’

धरानका मजदुर नेता शम्शेर बर्देवाले घण्टाघरमा काम गर्ने मजदुरलाई विना सर्त नियुक्ति नगरिए सम्पूर्ण धरानका मजदुरहरु आन्दोलित हुने र आन्दोलनबाट उत्पन्न हुने परिणाम स्वयम् मेयर आफैंले व्यहोर्नु पर्ने वताउनु भयो । उहाँले भन्नु भयो,‘यो हाम्रो पहिलो चरणको चेतावानी सहितको आन्दोलनको स्वरुप हो,हामीले समय दिएका छौं,हाम्रो माग प्रति मेयर गंभीर भएर पुरा नगरे दोश्रो चरणको कडा आन्दोलनमा उत्रन हामी बाध्य हुने छौ।’

3 9

उक्त ध्यानाकर्षण पत्र वुझ्दै मेयर साम्पाङले मजदुर नेतालाई शुरुमा धन्यवाद दिनु भएको थियो । उहाँले घण्टाघरमा काम गर्ने दुई जना सहित जम्मा ७ जनालाई कामबाट निकालेको वताउनु भएको छ । उमेरको हदबन्दी सहितका १ जना बालक पनि निकालिएको स्वीकार गर्नु भएको छ । 

उहाँले भन्नु भयो, यो स्थानमा बसि सकेपछि नीति नियम र कानुनलाई मान्नु पर्छ र सोही अनुशार काम पनि गर्नु पर्ने भएकाले सोही कुरालाई टेकेर जेष्ठ नागरिकसहित बालबालिकालाई श्रममा लगाउन नहुने भएकाले कामबाट निकालेको हुँ।’

तर उमेरका हदका कारण निकालिएका श्रमिकलाई अव स –सम्मान विदाई गर्न र अहिलेसम्मको योगदानको कदरको लागि उपमहानगरपालिकाको तर्फबाट प्रदान गरिने राहतका सन्दर्भमा कार्यपालिका बैठकबाट निर्णय गर्न आवश्यक भएको वताउनु भएको छ । मेयर सम्पाङले घण्टाघरमा आफन्त नियुक्ती गरेको विषयमा कोही पनि पराई नहुने र धरानका सवै नागरिक आफन्त भएको वताउनु भएको छ ।