धरान । धरानका उदयमान बास्केटबल खेलाडीको स्मृतीमा शुरु गरिएको ‘मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता’ अन्र्तगत दोस्रो संस्करणको तयारी धरानमा  शुरु भएको छ । आज आयोजक धरान मेघा कलेजले उक्त प्रतियोगिताको बारेमा कलेजमा नै पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । पत्रकार सम्मेलनमा प्रतियोगिता यही भदौ २५ गतेदेखि धरान १२ स्थित धरान मेघा कलेजमा नै हुने छ  ।

4 5

कलेजका अध्यक्ष कैलाश लिम्वुले धरान आसपासकाका स्कुल तथा कलेज गरि यस पटक प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाउने छन् । उहाँले भन्नु भयो,‘ प्रतियोगितामा १२ कक्षासम्म अध्ययन गरिरहेका खेलाडीले सहभागिता हुन पाउँछन् , प्रतियोगिताको एक टिममा १० कक्षा सम्मका ६ जना अनिबार्य सहित  कक्षा  ११ र १२ कक्षाका ६ जना खेलाडीले सहभागिता पाउने छन् ।’प्रतियोगितामा १८ वर्षका तर १९ वर्ष नपुगिसकेका खेलाडिहरुले सहभागिता जनाउन पाउनेछ ।

पुरस्कार राशी बृद्धि 


1 18

गत सालको भन्दा यसपालीको प्रतियोगितामा पुरस्कार राशी पनि वृद्धि गरिएको छ । गत साल विजेता र रनरलाई नगद १५ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्रदा नगरिएको थियो भने रनरले ७ हजार ५ सय रुपैयाँ थियो । तर यसपाली भने विजेता टिमले नगद २० हजार रुपैयाँ पुरस्कार ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यसैगरि रनरले १० हजार रुपैयाँ नगद,प्रमाण पत्र, ट्रफि र मेडल पाउने छन् ।  

मोस्ट भ्यालुएवल प्लेयरले  नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिताका  उत्कृष्ट स्कोरर, उदयीमान खेलाडीले समेत ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने बास्केट बल प्रशिक्षक विकास चाम्लिङ राईले वताउनु भएको  छ। उहाँका अनुसार खेल प्रतियोगिताको फाइन खेलअघि थ्री पोइन्ट कम्पिटिसनसमेत हुनेछ । पहिलो चरणमा कम्पिटिसनमा सहभागी खेलाडीले १ मिनट थ्री पोइन्ट सट सहित  फाइनल चरणमा छनोट भएका मध्येबाट एक मिनेटमा बढी  पोइन्ट  गर्ने  पोइन्ट च्याम्पियन घोषित हुनेछन । थ्री पोइन्ट च्याम्पियनले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । 

2 10

को हुन् ,स्वर्गीय रेवाहाङ राई ?

धरान –१८ निवासी रेवती रमण राई र आमा सुजता राईको सुपत्र हुन्,रेवाहाङ राई ।१६ वर्षको उमेरमा २०७७ माघ २० गते रेवाहाङको निधन भएको थियो । दश कक्षामा अध्ययन गरिरहेको रेवाहाङ राईको असामयिक निधन पछि उहाको स्मृतिमा  अभिभावकले धरान मेघा हिमालयन कलेज र धरान बास्केटबल संघको सहकार्यमा गतवर्षदेखि २ लाख अक्षय कोष स्थापना गरी प्रतियोगिता आयोजनाको सुरुवात गरेका हुन् ।

प्रतियोगिताको आयोजना धरान बास्केटवल संघ, धरानको व्यावस्थापन तथा संयोजन तथा सुनसरी बास्केटवल संघको सहयोगमा सञ्चालन हुँदै आएको छ ।पत्रकार सम्मेलनमा स्वर्गीय रेवाहाङ राईका माता पिता र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई , सुनसरी वास्केट बल संघका अध्यक्ष  नारायण सुवेदी लगायतको उपस्थिती रहेको थियो ।