धरान / आर्थिक बर्ष २०७९।२०८० मा जिल्ला प्रहरी कार्यलय सुनसरीले बैकिङ कसुर मुद्धामा सफलत पाएको छ । बुधबार प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकाले सार्वजनिक गरेको विवरण अनुसार ३०८ वटा मुद्धाबाट २१ करोड २३ लाख ९ हजार ६ सय ४० रुपैया विगो भराएको छ । 

यस आ।व।मा लागु औषध नियन्त्रणमा १३६ जना मानिस पक्राउ गरि निजहरुबाट नाईट्राजेपामा १६४६, नाईट्राभेट ६१७, नाईट्रोजन ५६१, स्पाईसपेन १७१६, ट्रमाडोल ४३०५,नाईट्राजेकर ६०, ईन्ट्राभेट ४५, डाईलेक्स डि।सि।१२७, ईसकुफ डि।एक्स २९थान  बरामत गरेको प्रहरीले जनाएको छ । यसै गरि  कोडिन फोसपेट र क्लोरोफाईन मेलट सियाप १३८, एभिल २८७, डाईजेल्याव ५१, फेनारागन २७३, डाईजेपाम २६०, लुपिजेसिक १८०, लेवल नभएको ६९, फेनारामाईन १६, लिजेसिक ४९,टेलिजिक्स ४, १५७ ग्राम ३७७ मिलिग्राम, २०३८ के।जी ९१९ ग्राम बरामद गरि कानूनि दायरामा ल्याएको ५ । 

यस्तै बिभिन्न मितिमा हातहतियार खरखजनामा ४ वटा मुद्दा दर्ता गरेको कटुवा पेस्तोल २ थान, भरुवा बन्दुक २ थान, पेस्तोल १ थान, र गोली १७ राउण्ड बरामद गर्न सफल भएको छ ।  

सिमा नाकामा हुने चोरी तस्करी नियन्त्रणका लागि प्रहरीले चलाएको अपरेसनबाट   यस आ।व।मा सवारी साधन ३९ वटा, मानिस ३१ जना पक्राउ गरेको छ । उनीहरुबाट  रु। ४ करोड ७१ लाख ३१ हजार ३२५ संकलन गरि (भन्सार कार्यालयमा दाखिला गरेको छ ।  

यस्तै जघन्य प्रकृतिका मुद्दाहरु यस आ।व।मा ४७० दर्ता गरि अनुसन्धान पश्चात कर्तब्य ज्यानमा १४ दर्ता भई ३३ पक्राउ गरि सबै फर्छयौट भएका छन् । ज्यान मार्ने उद्योगमा ७० दर्ता भई ६९ जना पक्राउ गरि सबै फर्छयौट,करणी सम्बन्धि कसुरमा १०६ दर्ता भई ६३ जना पक्राउ ९५ फर्छौट, लागु औषधमा १४१ दर्ता भई १९६ जना पक्राउ १३० फर्छयौट, मानव अपहरण तथा शरिर बन्धक ५ दर्ता भई सबै फर्छयौट, मानव बेचविखन १ दर्ता भई ३ पक्राउ गरि फर्छयौट,हातहतियार खरखजना ३ दर्ता भई १७ जना पक्राउ सबै फर्छयौट, सवारी ज्यान ८२ दर्ता भई ६२ जना पक्राउ ७५ फर्छयौट, ठगी ५० दर्ता भई २० पक्राउ ४० फर्छयौट, नागरिकता सम्बन्धि कसुर ३ दर्ता भई २ पक्राउ २ फर्छयौट भएको कार्यालयले जनाएको छ ।