मोरंग । कोशी प्रदेशको  मन्त्रि मण्डलमा  कांग्रेसका  ८० वर्षिय  गयानन्द मण्डलाई थप गरिएको छ । मुख्यमन्त्री उद्धव थापाले मण्डललाई राज्यमन्त्री नियुक्त गर्नु भएको हो  । 

प्रदेशसभाका ज्येष्ठ सदस्य मण्डलले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाउनु भएको छ । उहाँलाई प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा मुख्यमन्त्री थापाले पद तथा गोपनीयताको शपथग्रहण गराउनु भयो  ।

कोशी प्रदेशसभामा अहिले सभामुख छैनन् । तत्कालीन सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिनु भएको  थियो । उहाले सरकार गठनमा सहभागी बन्न राजीनामा दिनु भएको थियो ।त्यसयता प्रदेशसभा सभामुखविहीन बनेको हो । सभामुख नहुँदा उपसभामुखले सभा चलाउनुपर्ने व्यवस्था छ । उपसभामुख पनि अनुपस्थित रहेको अवस्थामा ज्येष्ठ सदस्यले सभा चलाउन पर्ने संवैधानिक व्यवस्था छ ।

सभाको अध्यक्षता गर्नेले संसदमा मत बराबर भएको अवस्थामा मात्रै निर्णायक मत दिन पाउँछन् । ज्येष्ठ सदस्यले सभा चलाएको अवस्थामा मुख्यमन्त्री थापाले विश्वासको मत पाउने अवस्था बन्दैन । त्यही भएकाले आफूले विश्वासको मत लिनलाई थापाले ज्येष्ठ सदस्य मण्डललाई राज्यमन्त्री नियुक्त गर्न भएकोृ हो ।

साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १५ भित्रमा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । मुख्यमन्त्री थापाले साउन १७ गते नेकपा ९एकीकृत समाजवादी० का कमलप्रसाद जबेगूलाई भौतिक पूर्वाधार विकास र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई खानेपानी, सिँचाइ तथा उर्जामन्त्री नियुक्त गर्नु भएको थियो  ।

साउन २६ गते जनता समाजवादी पार्टी जसपाबाट निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्री बनाउनु भयो  । मुख्यमन्त्री थापाले आन्तरिक मामिला तथा कानुन, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र उद्योग, कृषि तथा सहकारी मन्त्रालय आफैसँग राख्नु भएको छ ।

९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि बहुमत पुर्याउन ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ । सभामुखलाई राजीनामा गराएपछि मात्रै गठबन्धनका तर्फबाट नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापाले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नलाई बहुमत पुर्याउन सकेका हुन् । गठबन्धनमा रहेकामध्ये कांग्रेससँग २९, माओवादी केन्द्रसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ जना प्रदेशसभा सदस्य छन् ।

एउटै गठबन्धनमा रहेका नेकपा एमालेसँग ४० र राप्रपासँग ६ जना प्रदेशसभा सदस्य छन् । उपसभामुख एमालेकी सिर्जना दनुवार हुनु हुन्छ  ।