धरान । नेपाल प्रहरीहरुको मुनाफा रहित सामाजिक संस्था नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले धरानमा डेङ्गु प्रभावितहरुको निम्ति झुल सहित लामखुट्टेका टोकाईबाट वच्नको लागि अन्य सामाग्री पनि प्रदान गरेको छ । 

2 9

धरान १७ का अति सीमान्तकृत समुदायको परिवारलाई वडा कार्यालयमा नै एक कार्यक्रमको आयोजना गरेर झुल वितरण गरेको हो ।   प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलको प्रमुख आतिथ्यतामा झुल वितरण गरिएको थियो । 

नेपाल प्रहरी श्रीमती संघ कोशी सचिव सिर्जना नेपाल दाहाल सहित अन्य पदाधिकारी, नेपाल प्रहरी लगायत जनप्रतिनिधी सहितको रोहबरमा जम्मा १सय ७० घर परिवारलाई झुल वितरण गरिएको वडा सचिव शिशिर श्रेष्ठले वताउनु भएको छ । 

3 6

उहाँका अनुसार वडाको हरेक टोल विकास संस्थाले सीमान्तकृत समुदायको नामावाली पठाएको आधारमा एक घर एक झुल वितरण गरिएको वताउनु भएको छ । संघका सचिव नेपालका अनुसार धरान १७ नम्बर वडा अति डेङ्गु प्रभावित वडा भएकाले पनि वडावासीलाई  झुल,लामखुट्टे धपाउने धुप र मल्हम प्रदा नगरिएको हो । 

वडा कार्यालयका अनुसार पहिलो चरण कार्यक्रम अन्र्तगत डेङ्गुबाट वच्नको लागि झुल वितरण गरिएको छ । क्रमस झुल वितरण गर्दै जाने वताइएको छ ।