धरान ।  सामाजिक सञ्जालमा तथानाम गालीगलौज गर्ने धरान –५ देउरालीका रमेश बान्तवा राईले  पीडित धरानका पर्वत राईसँग माफी मागेका छन् । 

तर जिल्ला प्रहरी कार्यालय सुनसरीले भने पीडितीले दिएको उजुरीको आधारमा अनुसन्धान भने जारी रहेको जनाएको छ । जिप्रका सुनसरीको एसपी प्रभु ढकालका अनुसार पीडितको उजुरीको आधारमा पक्राउ गरिएको र पीडकसँग सोधपुछ गर्ने क्रम जारी नै रहेको वताउनु भएको छ । एसपी ढकालले भन्नु भयो,‘साइबर क्राइम कन्द्रिय ब्युरोसँग समन्वय गरि अनुसन्धान गरि नै रहेको छ , पीडकलाई मुद्धा चलाउने या के गर्ने भन्ने विषयमा अझै पनि प्रक्रिया अघि नै बढेको छ

।तर यता पीडित पर्वत राईले भने आवेगमा आएर सामाजिक सन्जालमा लेखेको भनेर आफुसँग माफी मागेको वताउनु भएको छ । राईले सामाजिक सन्जालमा नै स्टाटस लेख्नु भएको छ । 

‘मेयर हर्क सामपाङ्को सहयोगी भनेर चिनिने रमेस बान्तावाले  मलाई माफि मागेपछि तारिखमा छुट्नु भएको हो ।  माला खादा लगाइदिएर के को नाटक होउ साथि हो यो देशमा यस्तै छ र त भ्रस्ट जाली फटाहाको देश भनेको होला?’

केही समय अघि धरानको भेडेटारस्थित छोटी मोरङ जग्गा पीडित सघर्ष समितिले पत्रकार सम्मेलन गरेको समाचार प्रकाशित भएपछि मेयर साम्पाङ समर्थक राईले सघर्ष समितिका सदस्य पर्वत राईलाई व्यक्तिगत आक्षेप लगाई सामाजिक सञ्जालमा गाली गलौज गर्नु भएको थियो  । सोही विषयमा राईले साइबर क्राईम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दर्ता गर्नु भएको थियो ।  

मेयर हर्क साम्पाङको विषयमा कसैले आवाज उठाउदा विभिन्न फेक आइडी बनाएर तथानाम गालीगजौल गर्ने विरुद्ध राईले प्रहरीमा उजुरी गर्नु भएको थियो । रमेश सहित छदमभेषी नाम राखेर सामाजिक संजालमा भ्रम छर्ने भूपेन्द्र राई, होम ठकुरी लगायत ६ जना विरुद्ध उजुरी दिएको परेको थियो ।