धरान /  सामाजिक सञ्जालमा तथानाम गालीगलौज गर्ने रमेश बान्तवा राईलाई प्रहरीले पक्राउ गरेको छन् ।  धरान ५ देउरालीस्थित उनको घरबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीको पत्र अनुसार राईलाई नियन्त्रण लिएको बताउनु भएको छ । 

केही समय अघि धरानको भेडेटारस्थित छोटी मोरङ जग्गा पीडित सघर्ष समितिले पत्रकार सम्मेलन गरेको समाचार प्रकाशित भएपछि मेयर साम्पाङ समर्थक राईले सघर्ष समितिका सदस्य पर्वत राईलाई व्यक्तिगत आक्षेप लगाई सामाजिक सञ्जालमा गाली गलौज गरेका थिए । सोही विषयमा राईले साइबर क्राईम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दर्ता गर्नु भएको थियो ।  

सोही मुद्दामा जिल्ला कार्यालय साइबर ब्युरोको टोलीले साइवर अपराधमा राईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । 

मेयर हर्क साम्पाङको विषयमा कसैले आवाज उठाउदा विभिन्न फेक आइडी बनाएर तथानाम गालीगजौल गर्ने विरुद्ध राईले प्रहरीमा उजुरी गर्नु भएको थियो । रमेशसहित छदमभेषी नाम राखेर सामाजिक संजालमा भ्रम छर्ने भूपेन्द्र राई, होम ठकुरीलगायत ६ जना विरुद्ध उजुरी दिएको राईले बताउनु भएको छ । यता रमेश राईले रा. स्व. पाका नेता सरिन तामाङलाई पनि सामाजिक संजालमा नानाभाती लेखेको विषयमा सोमबार उजुरी दिने बताउनु भएकाे छ ।  उहाँले फेसबुकमा सार्जनिक गदैं उजुरी गर्ने जनाउनु भएको छ ।