धरान / धरानस्थित मेघा हिमालयन कलेजले विद्यार्थीहरूलाई अल्कोहोलिक र नन्अल्कोहोलिक पेय पदार्थका साथै बार टेन्डिङको विषयमा प जानकारी प्रदान बार टेन्डिङ (मिक्सोलोजी एन्ड फलेयरिङ) सम्बन्धी दुई दिने कार्यशाला गरेको छ । 

विहीबार र शुक्रबार संचालन भएको कार्यशालामा मेघा कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत्  २ सय ७० भन्दा बढी विद्यार्थी सहभागी भएको कलेजले जनाएको छ । 

 अन्तर्राष्ट्रिय ख्याति प्राप्त फलेयर बार टेन्डर गुरुप्रसाद दाहाले  कार्यशालामा सहजिकरण गर्नु भएको थियो । काठमाडौँको ककटेल एन्ड फलेयर एकेडेमीका संस्थापक प्रमुख कार्यकारी अधिकृत समेत रहनु भएका दाहालले राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिताहरूमा भाग लिइसक्नु भएको बताइएको छ । 

आफ्ना विद्यार्थीहरूलाई विशेष दक्षता प्रदान धरानमा यस्तो कार्यशाला तीन वर्षअघि मेघा कलेज नै सुरु गरेको विभागीय प्रमुख पोषण श्रेष्ठले जानकारी दिनु भयो । 

यसपटक धरानकै बगरकोटस्थित एम्एच् लाउन्ज एन्ड बारका मुख्य बार टेन्डर सुदीप राई र इटहरीको सोल्टी वेस्टर्न पाँचतारे होटलकी बार टेन्डर कञ्चन सुवेदीले पनि कार्यशालामा कला प्रदर्शन गर्नु भएको थियो ।