धरान / हिडेन ट्रेजरको आयोजनामा हरेक बर्ष आयोजना हुने नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपालको २३ औं संस्करणको लागि शुक्रबार धरानको नवयुग होटलमा अडिसन राखिएको छ ।
पूर्वकाट सहभागी हुन चाहनेहरुको सजिलोको लागि धरानमा अडिसन राखिएको हिडेन ट्रेजरका निर्देशक अजय स्थापितले जानकारी दिए । आगामी चैत्र २८ गते काठमाण्डौमा भब्य रुपमा मिस नेपालको फिनाले आयोजना हुने र यसको लागि धरान, बिर्तामोड , चितवन , नेपालगंज, बिरगंज हुदै आगामी फाल्गुन ५ गते काठमाण्डौमा अन्तिम अडिसन गरि २५ जना प्रतियोगीहरुको छनौट गरिने छ ।
५।४ इन्च , प्लस २ पास र १९ देखि २५ बर्ष उमेर पुगेका युवतीहरुले मिस नेपालमा भाग लिन पाउने आयोजकले जनाएको छ । आज मिस नेपालको अडिसन संगै युएन कलेज, धरान कलेज अफ म्यानेजमेन्ट लगायतका कलेजमा मिस नेपाल अर्थ रोजिना श्रेष्ठ कलेज क्यम्पिनमा सहभागी हुने छिन ।