तेह्रथुम । तेह्रथुममा आफ्नै श्रीमतीलाई मारेर सुँगुरको खोरभित्र गाडेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

तेह्रथुमको आठराई गाउँपालिका  १ डाँडागाउँका राजकुमार श्रेष्ठलाई लुकेर बसेको अवस्थामा प्रहरीले झापाको काँकरभिट्टाबाट पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र रिजालका अनुसार श्रेष्ठलाई तेह्रथुम प्रहरीको जिम्मा लगाइएको छ । श्रेष्ठले श्रीमती रेशिकालाई मारेर सुँगुरको खोरभित्र गाडेर भागेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

२६ वर्षीया श्रीमती रेशिकाको हत्या आरोपमा उनलाई काँकरभिट्टाबाट शनिबार दिउँसो पक्राउ गरेको हो । काँकडभिट्टाको एउटा होटलमा लुकेर बसेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। साउन १४ गतेदेखि हराइरहेकी श्रेष्ठको शव उनकै पसल पछाडि सँगुरको खोरमा गाडेको अवस्थामा शनिबार फेला परेको थियो भने श्रेष्ठ घट्नापछि सम्पर्क विहीन रहेका थिए । 

फायल तस्वीर