धरान । धरानको शहिद  स्मृती माविले प्राविधिक शिक्षा आजको आवस्यकता भएकाले कक्षा ११ का विद्यार्थीको लागि पनि कम्प्युटरको विषयलाई अध्ययन गराउने भएको छ । 

यस विद्यालयले कक्षा ९ देखि नै कम्प्युटरको विषयमा विद्यार्थीलाई अध्ययन गराउँदै आएको छ भने अव कक्षा ११ मा  पनि विद्यार्थीलाई कम्युटर शिक्षामा जोड दिने विद्यालयका प्रधानाध्यापक राम बहादुर विष्टले पत्रकारसँगको कुराकानीमा वनाउनु भएको छ । 

प्रधानाध्यापक विष्टले भन्नु भयो,‘यस विद्यालयमा कक्षा ९ मा त कम्युटर शिक्षा पढाई हुँदै नै आएको थियो अव कक्षा ११ मा पनि समयको आवस्यकतालाई महशुस गरि कम्युटर इन्जिनियरको विषयलाई समेटेका हौ ।’

उहाँका अनुसार   प्राविधिक विषय कम्प्युटर इन्जिनियरिङ कक्षा –९ देखि कक्षा–१२ सम्म पढाई हुँदै आएको हो र अव कक्षा ११ मा वाणिज्य संकायका विद्यार्थीहरूलाई पनि थप कम्युटर विषयलाई समेटेकोे हो । 

प्रधानाध्यापक विष्टले धरानमा सामुदायिक विद्यालयहरु मध्ये कम्प्युटर इन्जिनियरिङको बिषयमा अध्ययन शुरु गराउने विद्यालय भनेको शहिद स्मृती मावि भएको दावी गर्नु भएको छ ।  

विद्यालयले विद्यार्थीको लागि अतिरिक्त समय निर्धारण गरेको छ । वेलुकी ४ वजेदेखि साँझ ६ वजे सम्म कम्युटर इन्जिनियरको विषयमा विद्यालयले अध्ययन गराउने भएको छ । त्यसका लागि विद्यालयले छुट्टै २ जना कम्युटर इन्जिनियरको विषयका शिक्षकहरुको व्यवस्था गरेको छ । 

तर विद्यालयमा विद्यार्थी ड्रप आउटको समस्या बढेको भन्दै प्रधानाध्यापक विष्ट र त्यहाँका शिक्षकहरुले चिन्ता व्यक्त गर्नु भएको छ । सवै विषयहरु विद्यार्थीको रोजाई र रुची अनुसार नै छ अनि विद्यालयको पुर्वाधार पनि उतिकै व्यवस्थित र सुविधा सम्पन्न बनाएका छौं तर पनि विद्यालयमा विद्यार्थी छोडेर जान थालेको प्रधानाध्यापक विष्टको गुनासो छ  । 

 प्राविधिक शिक्षा तर्फको कम्युटर विषयको लागि विद्यालयले कम्प्युटर ल्याब सहित  २४ बटा व्राण्डेड कम्प्युटर, २४ वटा एसएमवल कम्प्युटर समेत कुल ४८ वटा कम्प्युटरको व्यवस्था गरेको विद्यालयले जनाएको छ ।

कक्षा ९ देखि १२ सम्मको कम्प्युटर इन्जिनियरिङ विषयको पढाइ शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा मानव स्रोत विकास केन्द्रबाट अनुमतिबाट प्राप्त गरेर विद्यालयले विद्यार्थीलाई अध्ययन शुरु गरेको हो । धरान ८ मा रहेको शहिद स्मृति मावि धरानको सामुदायिक विद्यालय मध्ये उत्कृष्ट विद्यालयमा पनि हो ।