भक्तपुर । ट्रेड युनियन आन्दोलन प्र तिकुल समयमा रहेको निष्कर्ष निकाल्दै जिफन्टले कार्यमुलक कार्यशाला  गरेको छ । ट्रेड युनियन आन्दोलनमा सधै अब्बल दरिएको जिफन्टले वर्तमान श्रम बजारको विश्लेषण गर्दै भावी रणनीति तय गर्न दुर्इदिनदेखि भक्तपुरमा बन्द कार्यशाला गरिरहेकोछ । 

कार्यशालाको पहिलो दिन श्रम बजारको वर्तमान प्रतिकुलताहरुको पहिचान गर्दै श्रम आन्दोलनलाई कायाकल्प गर्ने उपायहरुको खोजिमा केन्द्रीत भएपछि दोस्रो दिन रणनीति बनाउँन केन्द्रीत रहेको सहभागीहरुले जनाएका छन् । जिफन्टको आठौं राष्ट्रिय महाधिवेशनले पास गरेको ११ बुँदे चार वर्षे कार्यक्रममा छलफल गर्दै शुक्रबार ६ वटा प्रश्नहरुको समाधानमा केन्द्रीत छ । 

न्युनतम ज्याला निर्धारणका समस्या र संकटका क्षेत्रहरु, विभिन्न प्रतिष्ठानहरुमा विना तलबी काम गराइएका इन्टर्नहरुलाई तलब अर्थात तालिमेलाई तलब, अनौपचारिक क्षेत्रका श्रमिकहरुको पञ्जीकरणमा पालिका तहमा रहेका संकट र रणनीतिहरु, स्वरोजगार प्रबर्धन र आत्मनिर्भरता र स्वरोजगारका समभावित क्षेत्रहरुको विषयहरुका विषयमा समुह छलफल भइरहेकोछ । 

त्यस्तै सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा उत्पन्न समस्याहरु र समेटीन बाँकी क्षेत्रहरुको पहिचान र आगामी ३ वर्षमा २० लाख श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउने बारे छलफल र जेटियुसिसि र आइटियुसी न्याक र अन्य संयन्त्रहरु ग्लोबल युनियन फेडेरेशनमा आवद्ध रहेका सदस्य युनियनहरुको कामलाई प्रभावकारी बनाउने विषयमा कार्यशाला केन्द्रीत छ । 

जिफन्टको संरक्षक तथा पूर्व अध्यक्ष विष्णु रिमाल, जिफन्टका पूर्व महासचिव उमेश उपाध्यायसहित जिफन्ट राष्ट्रिय कमिटीका सबै नेताहरुलाई डा.तत्व तिमल्सिना र रामशरण प्याकुरेलले सहजीकरण गरिरहनुभएको छ ।  

कार्यामुलक कार्यशाला पछि प्राप्त दस्तावेजका आधारमा शुक्रबार नै जिफन्टको राष्ट्रिय कमिटीको बैठक मार्फत वार्षिक कार्ययोजना निर्माण गरि जिफन्टका सम्पूर्ण नेतृत्व देशव्यापी अभियानमा परिचालित हुने जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिनुभयो ।  

यसो भने कार्यशालामा सहभागीहरुले 

ठाकुरकुमार श्रेष्ठ, प्रमुख प्रतिनिधि परिषद्

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन

कार्यशालाले संगठन गर्ने नयाँ तरिका सिकाएको छ र श्रमिकहरुको समस्याहरुलाई नयाँ तरिकाले बुझ्ने मौका मिलेकोछ । विषयमा केन्द्रीत कार्यशालाले जिफन्टलाई थप बलियो बनाउनेछ । 

माधव पाण्डे, संयोजक, सल्लाहकार कमिटी,

नेपाल अटोमेकानिक्स ट्रेड युनियन 

यो कार्यशाला ट्रेड युनियन आन्दोलनको इतिहासमै फरक रह्यो । अरुबेलाका कार्यक्रमहरुमा यसरी विषयमा केन्द्रीत भएर छलफल गर्न पाँइदैनथियो यस पटक अत्यन्तै नयाँ तरिकाले हाम्रा प्रतिकुलताहरु खोज्ने र समाधान गर्ने उपायहरुको बारेमा छलफल गर्ने अवसर मिलेकोछ अब जिफन्टलाई थप बलिया बनाउन थप उर्जा मिलेकोछ ।