मोरंग  । जिल्ला कारागारमा संखुवासभामा भएको मृत्यु प्रकारणमा प्रहरीलाई नियन्त्रणमा लिएको छ । 

 कारागारको सिसि क्यामेरामा दुईजना कैदीको मृत्यु प्रहरीको संलग्नता देखिएपछि १० जना प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सीसी क्यामेराको अध्ययनबाट प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएको हो ।

कैदीमाथि लाठी, लात र मुक्काले बारम्बार प्रहार गरेको सीसी क्यामेरा फुटेजमा देखिएको छ । फुटेज हेरेपछि कारागारको सुरक्षामा खटिएका १० जना प्रहरीलाई बिहीबार नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी  राजेशनाथ बास्तोलाले बताउनु भएको छ  ।

घटनामा प्रहरीको संलग्नता देखिएपछि असइ लक्ष्मी चौधरी, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार अमृतबहादुर कार्की, जवानहरु सनोज सोडमी, मुकेश विक, पवनकुमार महतो, नुसन राई, मनिष राई, दमनसिंह राई र सुमन गुरुङलाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कारागारको सुरक्षामा असइको नेतृत्वमा २० जना प्रहरी परिचालन गरिएको थियो ।