• शिवप्रसाद आचार्य 

राजविराज / जिल्ला प्रशासन कार्यालय सप्तरीले पत्रकार, सर्वसाधारण तथा सेवाग्राहीलाई प्रशासन कार्यालयको फोटो–भिडियो नखिच्न उर्दी जारी गरे पछि सप्तरीका पत्रकारहरु विहीबारदेखि आन्दोलित भएको छ । 

सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारीले बुधवार सूचना जारी गर्दे  विना अनुमति प्रसासन कार्यालय परिसरको फोटो भिडियो खिचि समाजिक सञ्जाल, अनलाईन तथा पत्रपत्रिकामा राख्न नपाइने सूचना जारी गरेका थिए।   

प्रसासन कार्यालय सप्तरीको उक्त सूचना संविधान प्रदत पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी बिरुद्ध भएको नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले बताउनु भयो । नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालय अगाडीवाट बिहिवार निस्केको पत्रकारहरुको बिरोध ¥याली राजविराज नगरको बिभिन्न भागको परिक्रमा गर्दे जिल्ला प्रसासन कार्यालयको मुल गेट अगाडी एक घण्टा धर्ना दिएको थियो ।

धर्नापछि आयोजित कोण सभामा बक्ता पत्रकारहरुले सप्तरीका जिल्ला प्रशासन कार्यालयले संविधान प्रदत पूर्ण प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने कार्य गरेकोले कारवाहीको माग गरेका थिए । महासंघ सप्तरीका अध्यक्ष देवले जिल्ला प्रसासन कार्यालयको पछिल्लो सूचनाले स्वतन्त्र रुपमा पत्रकारिता गर्न जिल्लामा असुरक्षा उत्पन्न भएको हुदा शुक्रवारदेखि थप कडा आन्दोलन गर्ने बताउनु भयो । उनीहरुले निर्णय तत्काल फिर्ता लिन माग समेत गरेका छन् । 

May be an image of ticket stub and text