• सुकदेब चौधरी 

इनरुवा, साउन २४ गते । विपत व्यवस्थापनका लागि गढी गाउँपालिकाले आफ्नो प्रत्येक वडामा हेलि प्याड निर्माणको तयारी गरेको छ । गाउँपालिका स्तरीय बिपद् ब्यवस्थापन तथा न्यूनीकरण सम्बन्धि गोष्ठीमा अध्यक्ष आशनारायण चौधरीले ६ वटै वडाहरुमा हेलिकप्टर बस्ने (हेलि प्याड) निर्माणको लागी तयारी थालेको जानकारी दिनुभयो । चौधरीले त्यसकालागि सम्भावित स्थानको खोजीगर्न वडाअध्यक्षहरुलाई निर्देशन दिनुभएको छ ।

गढी गाउँपालिकाका सरोकारवालाहरु र राजनीतिक दलका प्रतिनिधिहरुले गाउँपालिका बाढीेको उच्च जोखिम भएकोले सबैको सहयोग आवश्यक रहेकामा जोड दिएका थिए ।

कार्यक्रममा उपाध्यक्ष् ाअनिताकुमारी शाह, लेखा अधिकृत दिलबहादुर खड्का, नेपाल रेड्क्रस गढी शाखाका प्रतिनिधि लक्ष्मी चौधरी, गैरसरकारी संस्थाका प्रतिनिधि लखनलाल साह, गाउँपालिकाका ६ वटै वडाका प्रतिनिधिहरुको सहभागिता रहेको बिपद् फोकल पर्सन सदस्य सचिव हुसैन अलिले जानकारी दिनुभयो ।