काठमाण्डौ । बर्षाका कारण आएको बाढी पहिरो र विपदमा परेर यो वर्षको मनसुनमा तीन दर्जनभन्दा वढीको मृत्यु भएको छ । 

नेपाल सरकार गृह मन्त्रालयका अनुशार हाल सम्म मनसुनको कारण ४१ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता छन् । मन्त्रालयका अनुसार मनसुनका कारण ५० जिल्लामा असर गरेको छ भने अन्य २० जिल्लामा मानवीय क्षति व्यहोर्नु परेको जनाइएको छ । 

मनसुन शुरु भएकै बेलामा कोशी प्रदेशको पहाडी जिल्लाहरु पाँचथर, सङ्खुवासभा, ताप्लेजुङलमा अविरल वर्षात भएपछि बाढी पहिरोमा परेर यी जिल्लामा धेरै जनधनको क्षति भएको थियोे । यसै गरि  एक सय ३० घरमा पूर्णरुपमा क्षति पुगको छ भने एक सय ९३ घरमा आंशिक क्षति पुगेको छ । 

मौसम विदका अनुसार आज पनि भारी  वर्षाको सम्भावना रहेको छ । कोशी सहित गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकर दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान रहेको छ । भारी वर्षातको संभावना रहेकाले उच्च सर्तकता अपनाउन मौसम विदले आग्रह गरेका छन् । 

फायल तस्वीर