मोरङ । सरकारले गरेको प्रस्तावित शिक्षा  ऐनको कोशी प्रदेशमा निजी शिक्षण संस्थाका सञ्चालकहरुले विरोध जनाएका छन् । उक्त प्रस्तावित ऐनको विरोध गर्दै  संशोधनको माग सहित आन्दोलन घोषणा समेत गरेका छन् ।

वुधबार विराटनगरमा निजी शिक्षण संस्थाका सञ्चालकहरुले पत्रकार सम्मेलन गर्दै  साउन २८ गतेदेखि निजी विद्यालयहरु अनिश्चितकालिन वन्दको घोषणा समेत गरेका छन । उक्त पत्रकार सम्मेलनमा  नेसनल प्याब्सन कोशीका अध्यक्ष राजन पौडेल, हिसानका प्रदेश अध्यक्ष ज्ञानबहादुर खड्का र प्याब्सनका कोशी प्रदेश अध्यक्ष टिकाराम ढकालले संयुक्त पत्रकार सम्मेलन गर्दै   विधेयकको मस्यौदा संसोेधनका लागि  शिक्षण संस्था बन्ददेखि तालाचाबी  जिम्मा लगाउने घोषणा समेतको सरकारलाई चेतावानी दिएका छन् ।

प्रस्तावित शिक्षा ऐनमा के छ ? 

सरकारले ल्याएको प्रस्तावित शिक्षा ऐनमा निजी शिक्षण संस्थालाई पाँच वर्ष भित्र गुठी अन्तरगत लैजाने प्रावधान रहेको छ ।   सरकारले भने ५२ वर्षअघि जारी भएको शिक्षा २०२८ लाई प्रतिस्थापन गर्न सरकारले ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ संसदमा पेश गर्ने तयारी  गरेको छ । यो विधेयक मन्त्रीपरिषद्बाट पारित भइसकेको छ ।