संखुवासभा । संखुवासभा जिल्ला कारागारमा रहेका दुई जना कैदी वन्दीकोे कुटपीटको कारण मृत्यु भएको छ । 

प्रहरीका अनुसार कारागार भित्र रहेका कैदी सजाय भोगिरहेका कैदीवन्दीहरुको कुटपीटका कारण आकाश बलामी र विनोद तोलाङ्गीको मृत्यु भएको जनाइएको छ । उनीहरुको उपचारको  उपचारको क्रममा जिल्ला अस्पतालमा ज्यान गएको खाँदबारी कारागारका जेलर राजेन्द्र घिमिरेले बताउनुभयो । 

जेलेर घिमिरेका अनुसार मंगलबार राति १ बजेतिर मृतक दुई जना तोलाङगी र बलामीले शौचालयको झ्याल तोडेर कारागारबाट भाग्ने प्रयास गरेको अवस्थामा सुरक्षामा रहेको प्रहरीले देखेपछि नियन्त्रणमा लिएर कारागारभित्र पठाएपछि कैदीवन्दीले नै कुटपीट गरेका थिए ।

कुटपीटबाट गंभीर घाइते भएर  खाँदबारी जिल्ला अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीको भनाई छ  ।