धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भानुचौक स्थित घण्टाघरमा   काम गर्ने दुइ जना मजदुरलाई निकाला गरेपछि उनीहरुको विचल्ली  भएको छ । 

चौकीदारको रुपमा का मगर्दै आएका धरान २ का राजा लिम्वू र धरान १४ का  मालीको रुपमा काम गर्ने प्रकाश राईलाई मेयर साम्पाङले उमेरको हदवन्दी देखाएर निकाला गरेपछि उनीहरुको रोजी रोटी नै गुमेको छ । कामबाट निकाला गरेपछि पीडित मजदुरहरु न्याय माग गर्दै हार गुहार गरिरहेका छन् ।

उनीहरुले रोजीरोटी खोसेर आफ्नो र परिवारको विजोग भएको भन्दै पुर्नबहालीको माग समेत गर्दै मेयर साम्पाङ माग गरे तर उनीहरुको माग सुनुवाई भएको छैन ।राष्ट्रिय जनमुक्ति पार्टीका नेता विष्णु थाम्देनले राजा लिम्बुसँग सोमबार फेसबुकमा संक्षिप्त कुराकानी गरेर पोष्ट गर्नु भएको थियो ।

उक्त भिडियो सार्वजनिक भएपछि मेयरलेृ गलत गरेको भन्दै विरोध भएको छ । मजदुरी काम गरेर विहान वेलुकाको छाक टार्न वाध्य भएका मजदुरलाई कामबाट निकालेर अन्याय गरेको भन्दै  चर्को आलोचना सहित विरोध र पीडितलाई पुर्नःबहाली नगरि घण्टाघरमा तालावन्दी सम्म लाग्न सक्ने भनेर चेतावानी दिएको छ ।

आफ्नो ज्वाईँलाई नियुक्ति गरेर अन्य पुराना कर्मचारीलाई निकाला लागेको भनेर मेयर साम्पाङले आरोप खेपिरहेका छन ।उक्त कार्यको सामाजिक सन्जालमा मेयर साम्पाङले गलत काम गरेको भन्दै पीडित मजदुरका लागि मजदुर निकट संघ संगठन सहितले विरोध जनाउँदै पुर्नबहाली नगरिए धरानको अस्तित्व र पहिचान बोकेको घण्टाघरमा तालावन्दी सहित आन्दोलन गर्ने चेतावानी समेत दिएको छ ।

सामाजिक सन्जालमा धरान सामाजिक अभियान्ता महेश श्रेष्ठले विना कारण मजदुरको रोजी रोटी खोसिनु हुन्न,,मजदुरको गाँस खोसिन्न हुन्न,यस विरुद्ध घण्टाघरमा तालावन्दी समेत हुन सक्ने चेतावानी दिनु भएको छ ।धरान उपमहानगरपालिकाको मातहतमा गएपछि मेयर हर्क साम्पाङले आफन्तलाई जागिर खुवाएको आरोप लागेको छ । पुर्व मेयर मनोज कुमार मेन्याङ्बाले उमेरको हदवन्दी देखाएर गरिखाने मजदुरको रोजीरोटी खोस्न पाईदैन भनेर  आलोचना र विरोध गर्नु भएको छ ।

उहाँले ज्यालादारीमा काम गरेर खाने मजदुरको उमेरको हदवन्दी नहुने भन्दै जीवनको उतरार्धमा आएर  उनीहरुको जीवन उपार्जनको निमित्त हेर्नु पर्ने स्थानीय सरकार प्रमुखले ब्यक्तीले खाईपाई आएको रोजिरोटी खोस्नु कति न्यायसंगत होला ? त्यसैगरि  नेपाल यातायात स्वातन्त्र मजदुर संगठन केन्द्रिय अध्यक्ष  भिम राई ज्वालाले सामाजिक सन्जालमा उक्त कार्यको विरोध जनाउनु भएको छ । उहाँले पनि   दुवै जना श्रमिकलाई पुर्नवहाली गरेर न्याय दिनु पर्ने माग गर्नु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा पुर्नवहाली नगर्ने हो भने स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९१ ९३० को व्यवस्था अनुसार सबै सेवा सुविधाहरु उपलब्ध गराएर ससम्मान विदाई गर्नुपर्ने पनि उल्लेख गर्नु भएको छ । दुई विकल्प मध्ये कुनै पनि विकल्प रोजेनन्  भने मेयरको तानाशाही शैली विरुद्ध आन्दोलन गर्नुपर्छ, भनेर उल्लेख गर्नु भएको छ ।