धरान । विश्व आदिवासी दिवसको अवसरमा कोशी प्रदेश सरकारले भोली सार्वजनिक विदा दिएको छ । साउन २४ गते  कोशी प्रदेशभरी सार्वजनिक बिदा दिने प्रदेश सरकारले निर्णय गरेको हो । 

 विश्व आदिवासी तथा जनजाती दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । हरेक बर्षको अङग्रेजी महिना अगस्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको रुपमा मनाउदै आइरहेको छ ।

सोही अवसरमा नेपालमा पनि आदिवासी जनजातीहरुले भोली विविध कार्यक्रम गरि मनाउँदैछन् भने कोशी प्रदेश सरकारले दिएको विदा प्रति आदिवासी जनजातीहरुले स्वागत गरेका छन् ।