धरान । नेपालको संविधानले महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नको लागि अनिवार्य महिलाहरुको सहभागिताको ग्यारेण्टी गरेपछि निर्वाचनमा हरेक तहमा महिलाहरुको सहभागिता पनि हुन थाल्यो तर महिला जनप्रतिनिधीहरुले दोश्रो दर्जाको जनप्रतिनिधी भएको गुनासो व्यक्त गरेका छन् । 

1 8

सोमबार सुनसरीको इटहरीमा आयोजना गरिएको एक दिने लैगिक समानता तथा राजनीतिक दलहरुको विधान र घोषणा पत्र विषयक कार्यक्रममा सुनसरीका विभिन्न स्थानीय तहका जनप्रतिनिधी महिलाहरुले सो गुनासो गरेका हुन् । दलित महिला केन्दको सी लीड्स परियोजनाले आयोजना गरेको उक्त कार्यक्रममा सुनसरी जिल्लाका विभिन्न राजनीतिक दलका पदाधिकारीहरुको उपस्थितीमा जन प्रतिनिधी महिलाहरुले दलीय भुमिका प्रति आक्रोस व्यक्त गरेका थिए । 

महिला जनप्रतिनिधीलाई केवल हस्ताक्षर गर्ने माध्यम मात्रै वनाएको भन्दै पार्टीले गंभीर भएर महिलाहरुको सहभागितालाई अर्थपुर्ण रुपमा व्यवहारिक कार्यान्वयन गर्न र सहयोग गर्न पनि ध्यानाकर्षण गराएका छन् । आयोजक संस्था दलित महिला केन्द्रका उपाध्यक्ष लक्ष्मी परियारले राजनीतिक पार्टीको विधान र घोषणा पत्रमा उल्लेखित लैगिक समानताको सवालमा आधार पत्र प्रस्तुत गर्नु भएको थियो ।

3 4

सोही आधार पत्रमा जनप्रतिनिधी महिला र राजनीतिक दलहरुको प्रतिनिधित्व वीच छलफल गरिएको थियो ।धरान उपमहानगरपालिका वडा नं १५ की वडा सदस्य, कार्यपालिका सदस्य एवम् सामाजिक विकास महाशाखा प्रमख सिर्जना नेपालले जन प्रतिनिधी महिलाहरुको पनि उतिकै भुमिका र महत्व भएर पनि चुनौतीका चाँङका वीच काम गर्न वाध्य भएको वताउनु भएको छ ।

उहाँले भन्नु भयो,‘हामी महिला जनप्रतिनिधीहरुले सामाजिक चुनौती सहित आफु आफु वीचको अन्तरद्धन्द्ध र जुंगाको लडाईको कारण पनि काम गर्न वाध्य भएका छौं,योजना वनाउँदा पनि समस्या भएको हुन्छ , योजना वनाउँदा पनि त्यसको श्रोत सुनिश्चित गर्नको लागि चुनौती रहेको छ ।  त्यसैगरि कार्यक्रममा बराहक्षेत्र नगरपालिकाकी कार्यपालिका सदस्य दुर्गा राईले राजनीतिक दलहरुको भुमिका प्रति पनि आक्रोस पोख्नु भएको थियो ।

4 2

उहाँले भन्नु भयो,‘चुनाव लड्नु अघि र पछि पनि लैंगिक समानतामा समस्यै समस्या भएको छ,पुरुषको कमाईमा चुनाव लड्नु पर्ने हुन्छ,समयको समस्या हुन्छ , अर्थको अभावको बावजुत पनि चुनाबी मैदानमा जानु पर्छ र राजनीतिक पार्टीले खर्चको कुरामा महिलाको लागि विशेष ख्याल गर्नु पर्ने माग गर्दछु।’कार्यक्रममा अधिकाँस महिला जनप्रतिनिधीहरुको गुनासो र आक्रोस थियो भने विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुले उनीहरुको गुनासोलाई संवोधन गर्ने र आगामी दिनमा सुधार गर्ने प्रतिवद्धता जनाएका थिए ।

नेकपा एमाले सुनसरी जिल्ला कमिटीका उप सचिव राम कोइरालाले महिला जन प्रतिनिधीहरुको विषयमा पार्टीले कमजोरी गरेको स्वीकार गर्नु भएको छ  । उहाँले जन निर्वाचित महिला जन प्रतिनिधीहरुको क्षमता विकास र पालिकाहरुमा खेल्नु पर्ने प्रभावकारी भुमिकाको विषयमा पार्टी कमजोरी गरेको स्वीकार गर्दै आगामी दिनमा मागलाई सुनवाई गर्ने र कायान्वयन गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको छ ।

तर जन प्रतिनिधी भइसकेपछि  जनताको मन जितेर अघि वढेको खण्डमा जुन सुकै समस्या चुनौतीहरुमा पनि लड्न सकिने कोइरालाको भनाई रहेको छ ।  अर्का पाटी प्रतिनिधी एकिकृत समाजवादी पार्टी नेपालका सुनसरी जिल्ला उपाध्यक्ष सीताराम पराजुलीले समावेशीता,प्रतिधित्व र घोषणा पत्रमा महिला र दलित अर्थात सीमान्तकृत समुदायको विषयमा वोलेको छ र प्रतिवद्धता पनि व्यक्त गरेको हुनाले लैगिक समानताका लागि पार्टीले निसंकोच व्यवहारिक  कार्यान्यन गर्ने कुरामा ढुक्क हुन आग्रह गर्नु भएको छ ।  ¬

नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष योगेन्द्र मण्डल (पप्पु) ले पनि लैगिक समानता र अधिकारको लागि पार्टीले अर्थ पुर्ण रुपमा कार्यान्वयन गरेको भन्दै अन्य पार्टी भन्दा माओवादी पार्टी नै अग्र स्थानमा रहेको वताउनु भएको छ । महिला, आदिवासी जनजाती र महिलाहरुको हरेक अधिकार र प्रतिनिधित्व गराउन अरु पार्टी भन्दा माओवादी पार्टी अग्रस्थानमा छ,त्यो व्यवहारिक पाटोमा देखिएको छ , उहाँको भनाई थियो । 

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका सुनसरी जिल्ला अध्यक्ष भगिरथ खत्वे,राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरीका अध्यक्ष दुर्गा बहादुर वस्नेत, जनमत पार्टीका राम चन्द्र मेहता,लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अनुप शुव्वा लगायतका नेताहरुले मन्तव्य राख्नु भएको थियो  ।

कार्यक्रमको समापन गर्दै दलित महिला केन्द्रका संस्थापक अध्यक्ष गौरा नेपालीले  संस्थाले कार्यक्रम सन्चालन गरे पछि जन प्रतिनिधी महिलाहरुको क्षमता विकास भएर गत सालको चुनावमा महिलाहरुले वडाध्यक्ष,मेयर र उप मेयरमा नै लड्ने भनेर दावी गरे पनि राजनीतिक पार्टीले महिलाहरुलाई उपेक्षा गरेको वताउनु भएको छ ।

उहाँले भन्नु भयो,‘दुखदायी अवस्था हो,क्षमता भएर पनि महिलाको प्रतिनिधित्व नहँनु दुखद अवस्था हो ।  सुनसरी जिल्लाका कार्यक्रम संयोजक राम सुन्दर मेहताका अनुसार सुनसरीमा ८ वडा पालिकाहरुमा संस्थाले जनप्रतिनिधी महिलाहरुको क्षमता विकासको लागि काम गर्दै आएको वताउनु भएको छ । 

२०७९ साल अघिका महिला जन प्रतिनिधीहरुको वीचमा पनि विगत ४ वर्षदेखि क्षमता विकासमा काम गरेको र फेरी पनि जन निर्वाचित महिलाहरुको क्षमता विकासको लागि तहगत रुपमा विभिन्न पालिकाहरुमा कार्यक्रम भइरहेको मेहताले वताउनु भएको छ ।