धरान । धरानबाट झापा तर्फ हिडेको यात्रु बाहक  बस आज विहान सुनसरीको इटहरी स्थित तरहरामा दुर्घटना भएको छ । 

मे १ ख २७४० नम्बरको ग्यालेक्सी यातायातको बस रोड डिभाइडरमा ठोक्किएर पल्टिएको  थियो । उक्त दुर्घटनामा यात्रा सवार १३ जना यात्रु घाइते भएका छन् भने अन्य दुई जना यात्रु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । 

अन्यको अवस्था भने सामान्य रहेको छ । दुर्घटना पछि चालक र सह चालक फरा छन भने घाइतेहरुको तरहरा,इटहरी र धरानको बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।  निरन्तर बर्षाका कारण बस रोड डिभाइडरमा ठोकिएको अनुमान गरिएको छ ।