ताप्लेजुङ / ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा सोमबार रातिदेखि हिमपात भएको छ । सोमबारराति परेको सामान्य वर्षासँगै हिमाली क्षेत्रमा हिमपात सुरु भएको भएको हो । हिमपातले जिल्लाका ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र फलेलसहित माथिल्लो भेगको जनजीवन प्रभावित बनेको छ । ३ हजार साथ ९४ मिटरको उचाईमा रहेको प्रसिद्ध तीर्थस्थल पाथिभरामा बाक्लो हिमपात हुँदा तीर्थयात्री समस्यामा परेका छन् ।

माथिल्लो क्षेत्रका बस्तीहरुमा बाक्लो हिमपात भएका कारण चिसो बढेको स्थानीयले बताएका छन् । चिसोको असर वृद्धवृद्धा, बालबालिका तथा पशुपंक्षीमा बढी परेको स्थानीयको भनाइ छ । यस्तै जिल्लाका अन्य भागमा समेत चिसो बढेको छ ।