धरान । लिम्बुवान संबद्ध तथा समर्थक पार्टीहरुले आज पूर्वका नाै जिल्ला बन्द गरेका छन् । वन्दका कारण धरान बजारको मुख्य चोक र शैक्षिक क्षेत्र पुर्ण रुपमा बन्द रहेको छ ।
भानुचाेकमा सुरक्षाकर्मीको बाक्लाे उपस्थिति रहेकाे छ । भित्री सडकमा भने पसल खुलेका छन् । लिम्वु समुदायले विस १८३१ साउन २२ गते लिम्बुवान खाेसिएकाे दिनलाई कालाे दिनका रूपमा विराेध जनाउदै आएका छन् ।