धरान । धरानमा डेङ्गका विरामीलाई निशुल्क औषधी उपचारको व्यवस्थापन भएपछि अहिले उपचार गर्न आउने विरामीको भीँड लाग्न थालेको छ ।विरामीको उपचारको लागि निशुल्क परिक्षण र औषधीको उपचार धरानका विभिन्न वडाहरुमा व्यवस्था गरेर  विरामीहरुले सेवा लिन थालेपछि भीँड बढेको हो । 


2 7

डेङ्गुले धरानमा महामारीको रुप लिएर जनजीवन अस्तव्यस्त भएपछि धरान ८ को सभागृहमा निशुल्क परिक्षण गरिएको छ भने धरानको छाता चौकमा धरान उपमहानगरपालिकाले निशुल्क औषधी उपचारको व्यवस्था गरि दिएको छ । त्यसैगरि धरान बजारका विभिन्न वडाहरुमा वडा आफैंले दैनिक निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

3 3

धरान वडा  नम्बर १३,वडा नम्बर १४,वडा नम्बर १५ सहितले वडामा नै औषधी उपचार गर्ने व्यवस्था गरेर उपचार विरामीले गराइरहेका छन् । उपमहानगरपालिकाका स्वास्थ्य शाखा  प्रमुख उमेश मेहताका अनुसार विरामीको उपचार निशुल्क हुने व्यवस्था गर्न शुरु गरेपछि विरामीहरुले सेवा लिएका छन् । उहाँले भन्नु भयो,‘विरामीको भीँड बढेको छ ,अस्तालमा भीँड देखिन्छ तर औषतमा हेर्ने हो भने विरामीको सख्या घट्दो क्रम रहेको छ,यो अभियानले पनि डेङ्गु नियन्त्रण गर्नको लागि सहयोग पुर्याएको छ भने घरैमा विरामी भएर थलिएका विरामीले औषधी उपचार पाउन थालेका छन।’

अस्पताल र स्वास्थ्य शिविरको सांसदद्धारा अनुगमन 

धरानमा व्यवस्थापन गरिएको अस्पताल र स्वास्थ्य शिविरको अनुगमन आइतबार कोशी प्रदेशका सांसद र स्वास्थयकर्मी सहितको टोलीले स्थलगत अनुगमन गरेको छ । 

विरामीको अवस्था र अस्पतालको व्यवस्थापनको अनुगमन गर्नको निम्ति कोशी प्रदेश सांसद रमेश कुमार वस्नेत र विजय राई सहित स्वास्थ्यकर्मीको टोलीले अनगमन गरेको हो । सांसद रमेश कुमार वस्नेतले अनुगमन पछि सन्चारकर्मीसँग  डेंगुको नियन्त्रण विरामीको औषधी उपचारको व्यवस्थामा कुनै कसुर वाँकी नराख्नको लागि स्थानीय सरकार ,प्रदेश सरकार लागि परेको वताउनु भएको छ ।

उहाँले भन्नु भयो,‘हामीले हाल सम्म विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धरान उपमहानगरपालिका,स्वास्थ्य महाशाखा लगायत सरोकार राख्नेसँग समन्वय र सहकार्य गर्दैछौ, औषधीको व्यवस्थापन,स्वास्थ्य कर्मचारीको व्यवस्था लगायतको लागि प्रदेश सरकार र केन्द्रिय सरकारको पनि ध्यानाकर्षण गराउँदै आएका छौ र सोही अनुसारको व्यवस्था गर्न लागि परेका छौ ।’

अस्पताल र स्वास्थ्य शिविरमा पुग्नु भएको सांसदहरुले विरामीको औषधी उपचार र डेङ्गु नियन्त्रण गर्नको लागि कुनै कसुर वाँकी नराखी लागि पर्न पनि आग्रह गर्न भएको छ ।