धरान । टोल,गाऊ र समाज स्वच्छ,सफा अनि सुन्दर बनाउनको लागि सामुदायिक वनका उपभोक्ताहरु सरसफाई अभियानसँगै वृक्षारोपणमा जुटेका छन् । धरान उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको पानवारी सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरु सरसफाई अभियानमा जुटेका हुन् । 

2 5

सचिव शर्मिला विश्वकर्माका अनुसार हरेक टोल वस्तीमा रहेका उपभोक्ताहरु मार्फत गाऊ र टोल सफाई गर्नको लागि अभियानमा सहभागि भएर लागि परेको वताइएको छ । वन उपभोक्ता समुहमा २२ वटा टोली रहेको छ । टोली प्रमुख मार्फत हरेक टोलमा सरसफाई गरिने भएको छ । 

3 2

सामुदायिक वनले शनिवार वन समितीको नियमित वैठक वसेर उपभोक्ताको वस्तीमा सरसफाई अभियान हरेक महिना सञ्चालन गर्ने भनेर निर्णय गराएको छ । बन समुहका अध्यक्ष भुपाल राईका अनुसार वन समुहका उपभोक्ता मार्फत हरेक महिनाको १९ गते गाऊ वस्तीको बाटो,कुलो देखि लिएर सार्वजनिक स्थलहरुको सरसफाई गरिने भएको हो । 

वन समुहले हरेक महिनाको १९ गते सरसफाई अभियान सन्चालन गर्ने भनिएपनि डेङ्गुको महामारी फैलिएकोले साउन महिनामा भने आइतवार नै विहान सम्पूर्ण उपभोक्ताहरुले सरसफाई गरेको वताइएको छ । 

4 1

अध्यक्ष राईले भन्नु भयो,‘डेङ्गुको महामारी छ,यस्तो वेला सरसफाईमा ध्यान दिनु आवस्यक भएकाले उपभोक्तालाई डेङ्गु संवन्धी जानकारी सहित सरसफाई अभियानमा समेत जुट्न आग्रह गरे बमोजिम यो अभियान शुरुवात गरेका हौ र हरेक महिनाको १९ गते सम्पुर्ण उपभोक्ताहरु सरसफाई अभियानमा जुट्ने छन्।’ 

वन समुहको नेतृत्वले डेङ्गुका विरामीलाई औषधी समेत वितरण गर्दै आएको छ  ।   आज गरिएको सरसफाई अभियानमा उपभोक्ताको टोल वस्तीमा वन समुहले नै बाटो किनारामा तेजपात र अमलाको विरुवा समेत रोपेको छ ।