दलमर्दन कामी 

जन प्रतिनिधि धरान वडा नम्बर ६ का दुई वडा सदस्य र पूर्व वडा अध्यक्षको लापरबाहीले गर्दा गत साउन १९ गते साझ ७ बजे सोही वडाका बासिन्दा लाख बहादुर बिसङ्खे सार्कीलाई पक्रेर ११ बजे राती इलाका प्रहरी कार्यलय धरानले झुठो मुचुल्का बनाइ बिना आधार फरार हत्यारा भेटिएको भन्दै २२ बर्ष  अगाडिको हत्या केसमा २० बर्ष जन्म कैद  सजायका लागि  कारागार कार्यालय झुम्का सुनसरीमा जेल सजाय भुक्तानका लागि जबर्जस्त पठाइएको छ।

उनी करिब २८ बर्षभन्दा अघि बाट ज्यामी मजदुरी गरेर  जिबिकोपार्जन गर्दै आएका थिए । उनी गाउमा सोझा सिदा इमान्दार भएकाले गाउलेले उनलार्इ गाडुभेना(गाडु जुवाइ भनेर बोलाउने  गर्थे । यसरी गाडु भेना(गाडु जुवाइ फसाइए पछि उनका चिने जानेका छरछिमेक गाउका प्राय सबै मान्छे बिचरा त्यस्तो सोझो मान्छेले कसरी हत्या गर्छ हौ ? हैन त्यो मान्छे त अति सोझो घाँँस दाउरा जाँदा जुत्ता चप्पल समेत लाउन भखर ३(४ बर्ष देखि थालेको त्यस्तो सोझो मान्छेलाई कस्ले किन फसाए  ?हैन त्यस्तो मान्छेले कसरी हत्या गर्छ हौ ?

गाउँ छर छिमेक चिने जानेका अधिकांश मानिसको मनमा प्रश्न त्रास चिन्तामा छ्न  ।उनीहरु भन्छन्,हन कसैलाई रिस उठेपछि  जे भन्दा जे गर्दा पनि हुने रहेछ  । अब त सोझोसिदा मानिस चाहिँ गाउमा बस्न पनि डर भो यस्तो हो भने जो जतिसुकै बेला जेलमा जान पर्ने रहेछ भनेको सुनियो  ।

चिने जानेकाहरु लाखबहादुर सार्की हत्यारा थियो भने हत्या भएको २२ बर्ष भो २८ बर्ष देखि गाउँमै बसेको मान्छेलाई किन पक्राउ नगरेको ? २२ बर्ष पछी कसरी हत्यारा भो ? यदि उ हत्यारा थियो भने उसलाई किन लुकाएर राखे यतिका दिनसम्म  ?यो कसैले फसाएको हुनुपर्छ भन्दै आएका छ्न ।

हुनपनि गाडुभेना ( गाडुजुवाइ भनेर चिनिने लाखबहादुर सार्कीलाई गत असार १९ गते साझ ७ बजे इलाका प्रहरी कार्यलय धरानले पक्राउ गर्छ र राति ११ बजे उनी हत्यारा फरार अभियुक्त सार्के कान्छो भनिने लालबहादुर सार्की र गाडुभेना ( गाडुजुवाइ भनेर चिनिने लाख बहादुर सार्की एउटा व्याक्ती हो भनेर प्रहरीले मुचुल्का तयार गर्छन् र  राती ११ बजे पुर्व वडा अध्यक्ष र बालवाला २ जना सदस्यले मुचुल्कामा हस्ताक्षर गरेर ४ घन्टाको बीचमा उनलाइ हत्यारा प्रमाणित गरेर २० बर्ष जेल सजायका लागि कारागार पठाउछ्न ।

यो जति अन्याय अपराधीपुर्ण कार्य अर्को हुनै सक्दैन । मनमा प्रश्न धेरै गर्न सकिन्छ । लाख बहादुर सार्की करिब २८ बर्ष देखि सोही स्थानमा कार्यरत थिए । घटना २२ बर्ष अगाडि मात्र घट्छ सो समय अबधिका तत्कालीन पाँचकन्या गाबिस अध्यक्ष अहिलेका प्रदेश सभामा सुनसरीबाट निर्वाचित संसद रमेशकुमार बस्नेत रहेका थिए भने वडा अध्यक्ष विश्वराज कार्की थिए।,

त्यस्तै फरार हत्यारा कान्छो सार्की लालबहादुर सार्की भनेको,गाडुभेना ( गाडुजुवाइ भनेर चिनिने लाख बहादुर सार्की नै हो भनेर प्रमाणित र रोहवरमा बस्ने वर्तमान दुई वडा सदस्य सहित पुर्ववडा अध्यक्ष यिनी सबैले उनलाई चिन्थिए मात्रै हैन तिनैजनाको घरमा कहिले कस्का कहिले कस्का लामो समय ज्यामी काम समेत गर्दै आएका थिए।

२२ बर्षसम्म उनको नजरमा किन हत्यारा भएनन र २२ बर्ष पछी कसरी हत्यारा भए ? यदी हत्यारा थिए भने किन ढाकछोप गरे ? हैन भने के कति आधारमा २२ बर्षपछि केका आधारमा हत्यारा देखिए  प्रमाण केके हुन ? आम न्याय प्रेमीले प्रश्न गर्ने कुरा यावत छन ।जनप्रतिनिधि हुन वा न्याय र समानताको पक्षधर हुन सत्ता,शक्ति र भक्तिको भरमा अन्याय कसैले कोहिमाथी गर्नुहुन्न

अर्थात जोसुकै अपराधी हुन छाड्नु हुन्न निर्दोषलाई दबाब या प्रलोभनमा सजाय गरिनु हुन्न । अपराधी नउम्कोस ,निर्दोष अन्यायमा नपरोस् भन्ने हिम्मतले काम गर्नुपर्छ सके सम्म गाउ समाजका समस्या समाजमै मिलाउने हो। हदैसम्मका अपराध अफ्ट्यारा सारागारा कामलाइ मात्रै प्रहरी प्रशासनको हातमा जिम्मा दिने हो । हैन भने जनप्रतिनिधि केको लागि ? 

सबैकुरा हेर्दा लाख बहादुर सार्की अन्यायमा परेका छन,अन्यायमा पारिएको छ उनि निर्दोष छन हुन म र हाम्रो शिल्पीदलित विशेष समिति प्रदेश न १,जसपाको ठहर हो ।

२८ बर्ष देखि सोही स्थानमा रहेका लाख बहादुर सार्कीलाई २२ बर्षको केसलाई रातारात ४ घन्टा भित्र स्थानीय वडाका बहालवाला दुई सदस्य र पुर्व अध्यक्ष तीनजना र इलाका प्रहरी कार्यलयको मिलेमतोमा ११ बजेराती कसरी मुचुल्का तयार हुन्छ र निर्दोष मानिसलाइ जेलमा पठाइन्छ यो अपराध नभएर के हुन्छ ? यो अकल्पनीय घटना हो निर्दोष मानिसलाइ ११ बजेराती अपराधी बनाइएको छ ।

हिन्दुबर्णश्रम व्यवस्थाका आधारमा सुद्र अछुत तल्लोजात दलित बनाएर अमानवीय क्रूर उत्पीडन गर्दै आएको अन्यायको आभास यस घटनाले जनाउद छ ।लाख बहादुर सार्की एक गरिव असहाय हुन । एक दलित समुदायका हुन गरिब र दलित माथि हुदै आएको अन्याय अत्याचार झल्काउने यो घटना घोर निन्दनीय छ तर यहाँ अधिकारको ढ्वाङ फुक्ने दलित संघ संगठन ,सस्था, मानवअधिकारवादी नागरिक समाज तैचुप मैचुप छ्न किन ?

सोझासिदा गाडुभेना  गाडुजुवाइ लाख बहादुर सार्कीलाई नियतबस अन्यायमा पारिएको छ,उनी हत्यारा हुन भन्ने प्रमाण बिना निर्दोष मानिसलाई हत्यारा भन्न पाइन्न। मैले भन्दै आएको छु लाखबहादुर हत्यारा हैनन् ।

  म चुनौती दिन चाहान्छु, जस्ले कान्छो सार्की भनिने लाल बहादुर सार्की र लाखबहादुर सार्की एउटा ब्याक्ती हो भन्ने  प्रमाण देखाओस आधारहिन कुरालाई सत्ता शक्ति र भक्तिको डरत्रास वा प्रलोभनमा परेर गरिब असाहय दिनदुखी माथि अन्याय गर्नुहुन्न ।

निर्दोष गरिव,असाहय,दलित परिवारका लाख बहादुर सार्की माथिको अन्यायका विरुद्ध म जस्तोसुकै चुनौतीको सामना गर्न तयार छु , तर लाखबहादुर सार्की अन्याय पर्न दिन्न ।लडाइँ लड्दै गर्दा ढिला होला तर म बाचुन्जेल मेरो प्राण रहुन्जेल लाख बहादुर सार्कीको न्यायको आन्दोलन म छोड्दिन।अपराधी नउम्कोस निर्दोष नफसोस भन्ने न्यायको लडाइँमा उभिनु हामी सबैको दाइत्व हो  ।

शिल्पीरदलित बिशेश समिति प्रदेश,१ र पीडितकि श्रीमती फुलमाया सार्किले लाख बहादुर सार्की न्यायको निम्ति धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग र उपमेयर अइन्द्रबिक्रम बेघा,धरानका राजनीति पार्टी , पार्टी दलित भातृसंगठन,राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय दलित आयोगलाई न्यायको निम्ति पहलका लागि अपिल गरिसकेका छौ हामी उहाहरुलाई दिएको अपिलको जबाफ कुरेर शान्तिपूर्ण रूपमा रहेका छौ ।

स्थानीय सरकार धरान उपमहानगरपालिका भएको हुनाले आफ्नो क्षेत्रमा आइपरेको सबै प्रकारको घटना प्रतिघटनाको जिम्मेवारी र जबाफ देहि हुनुपर्छ जनताको समस्या प्रति अति संबेदनसिल भएर तत्काल पहल कदमी गर्नुपर्ने हुन्छभने राजनीति पार्टी र सरोकारवाला सबै जिम्मेवार बनेर सत्यतथ्य खोजबिन र छानबिनका निम्ति सहजीकरण गर्नु पर्दछ चाहे गरिब होस या धनी दुब्लो होस या मोटो सबैका लागि सधैंका लागि जिम्मेवार बन्नुपर्छ ।

तर लाख बहादुर बिसङ्खे सार्की निर्दोष छ्न उनको न्यायको निम्ति पहलका लागि अनुरोध गर्दा समेत कुनै चासो देखिएको छैन हामी सचेत र खबरदारी गराउदै अनुरोध गर्न चाहान्छौ लाख बहादुर अन्यायमा पारिएको छ ।उनको न्यायका निम्ति तत्काल पहल र सहजीकरण गर्न पुन एक पटक स्थानीय सरकार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग र उपमेयर अइन्द्रबिक्रम बेघा,राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय दलित आयोग,त्यसैगरी धरानका राजनीति पार्टी , पार्टीका दलित भातृसंगठन,जातीय संघ संगठन सस्थाहरु र सम्बन्धित सबै सरोकारवाला सबैलाई विनम्र अनुरोध छ।