धरान । मेघा कलेज धरान –१२ ले आज कलेजमा नयाँ शैक्षिक सत्रमा  भर्ना भएका   विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरेको छ । 

धरान ३ स्थित धुलीखेल समाजको हलमा आज एसईई दिएर कलेजमा अध्ययन गर्न आउने विद्याथीहरुलाई कलेजले स्वागतसहित सम्मान कार्यक्रम गरेको हो । कलेजका चेयरमेन र प्रिन्सिपल अन्य सन्चालकहरुको समेत विशेष उपस्थितीमा कलेजले सम्मान र स्वागत गरेको हो । 

2 3

उक्त कार्यक्रममा कलेजका अध्यक्ष  कैलाश आङदाङबे कार्यक्रमको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । औपचारिक कार्यक्रममा कलेजका फाउण्डर दिपक घिमिरेले स्वागत मन्वन्य राख्नु भएको थियो । हरेक वर्ष आउने विद्यार्थीहरुको लागि स्कुलले औपचारिक कार्यक्रम गरि स्वागत र सम्मान गर्ने स्कुलको प्रचलन रहेको मेघा कलेजका शैक्षिक निर्देेेशक अर्जुन घिमिरेले वताउनु भयो ।

3 1

विद्यार्थीहरुवीच नयाँ र पुरानालाई आपसी चिनजान गराउनको लागि पनि यस्तो खालको कार्यक्रम गर्दै आएको उहाँको भनाई छ ।  उक्त कार्यक्रममा विद्यार्थीहरुले मनोरन्जनको लागि आकर्षक नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

धरान मेघा कलेज विद्यार्थीहरुको लागि रोजाईको कलेज हो । यहाँ धरान र धरान वाहिरका विद्यार्थीहरु पनि अध्ययन गर्नका लागि आउने गरेका छन् ।      

कलेजमा विज्ञान, हाेटल व्यवस्थापन, व्यवस्थापन, शिक्षालगायत विषयमा अध्यापन हुदै आएकाे छ ।