धरान ।खानेपानीको मुहान दुषित भएको भनेर उपभोक्ताको गुनासो आएपछि धरान १५ का जनप्रतिनिधी सहित टोल विकास संस्था र उपभोक्ताहरुले आज धरान ४ स्थित भालुखोलामा स्थलगत अवलोकन गरेका छन् । 

1 2

वडावासीले खोलाको पानी दुषित भएको भनेर गुनासो गरेपछि भालु्खोलामा रहेको खानेपानीको मुहानको अवलोकन गरेको वडाध्यक्ष नरेश इवारमले वताउनु भयो । स्थलगत अनुगमनमा वडाका जनप्रतिनिधी ,टोल विकास संस्थाका प्रतिनिधी र उपभोक्ता सहितले अवलोकन गरेको हो । खोलाको पानी सीधैं पाइप जडान गरेर उपभोक्तालाई पाइप मार्फत वितरण गरिएको छ । 

2 2

खोलामा बग्ने पानी भएको कारण उपभोक्ताको लागि उक्त पानी स्वस्थ्यकर नहुने वडाध्यक्ष इवारमको भनाई रहेको छ । वर्षातमा बाढी र पहिरो समेत आउने भएकाले खोलामा सीधैं पाइप जडान गरिएकाले धरान १५ का वडावासीले गरेको गुनासो स्वाभाविक भएको इवारमले वताउनु भयो ।अवलोकन गर्ने क्रममा भालुखोलाको आसपासमा वस्ती भएको र त्यहाँका फोहोर पनि सीधै खोलामा वगेर आउने भएकाले उपभोक्ताको स्वास्थ्यमा असर गर्ने वताइएको छ ।

3

खोला भन्दा १ सय मीटर माथि छालाको फ्याक्ट्री पनि रहेको र उक्त फ्याक्टी र गाउँबाट सुगँरको फोहोर निस्किएर सीधै खोलामा मिसिने र सोही पानी धरान १५ का वडावासीको धारामा आउने भएकाले तत्कालै आम भेला गर्ने तयारी रहेको वडाध्यक्ष इवारमले वताउनु भयो ।

 उहाँले भन्नु भयो,‘फोहारै फोहोरको पानी भएकाले अव वडावासीहरुको आम भेला गरेर के गर्ने भनेर छलफल गरेर निर्णय गरी अघि वढ्नेछौ।’  भालुखोलाको  मुहानबाट धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले श्रमदान गरि मंशीरमा धरान १५ का उपभोक्ताका लागि भनेर धरानको निराजन वस्तीमा इन्टरकनेक्सन गरेर पानी बितरण गरिएको थियो ।