धरान ।धरान उपमहानगरपालिकाले उपभोक्ता र सेवाग्राहीको हितको लागि भनेर स्थानीय सरकारको हैसियतले  बजार अनुगमन तीव्र वनाएको छ । 

तर त्यही वजार अनुगमनको बारेमा सर्वसाधारणबाट आलोचना र टिका टिप्पणी  र विरोधको आवाजहरु पनि उठ्ने गरेका छन् । धरानको बजार अनुगमनले पछिल्लो समयमा एउटा चिकित्सकको भिडियो सार्वजनिक भएपछि झनै बजार तताएको छ । साउन १७ गते धरान उपमहानगरपालिकाले गरेको वजार अनुगमन गर्ने क्रममा धरान १ का डाक्टर तपन कुमार तरफदारको भिडियो सामाजिक सन्जालमा भाइरल पनि भएको छ  ।

s 1

उक्त भिडियोका विषयमा नियमनकारी निकायको प्रशंसा भन्दा पनि चर्को आलोचना र विरोधका आवाजहरु सामाजिक संजालमा छरफस्ट भएका छन् । धरानका वुद्धिजीविदेखि लिएर सर्वसाधारणले उक्त कुराको चर्को आलोचना गरेका छन् । सामाजिक सन्जालमा धरानका वुद्धिजीवि प्राध्यापक डाक्टर राजेन्द्र शर्माले माफी चाहन्छ धरान भनेर सामाजिक सन्जालमा वजार अनुगमनको विषयमा विचार पोष्ट गर्नु भएको छ ।

उहाँको पोष्टले सन्चार माध्यम समेत प्राथमिकता पाएका छन् । त्यसैगरि कपडा व्यवसायी फिरोज अलीले पनि डा.तपन धरानको लागि गहना हुन,संवन्धित व्यक्तिले पनि इज्जतको साथ प्रश्न गरि दिएको भए हुन्थ्यो होला भनेर सामाजिक सञ्जालमा नै अभिव्यक्ति प्रटक गर्नु भएको छ । यसरी सामाजिक सन्जालमा धेरैले उक्त भिडियो प्रति आपती जनाएका छन् । सुनसरी उद्योग वाणिज्य संघ धरानले त विज्ञप्ती नै जारी गरेर व्यवसायी माथि स्थानीय सरकारले ज्यादती गरेको भनेर भत्र्सना नै गरेको छ ।

साउन १७ गते उपमहानगरले गरेको वजार अनुगमनका क्रममा धरानका डाक्टर तपन कुमार तरफदारको फोटो र भिडियो अनाधिकृत व्यक्ति र युट्युबरहरुले  सार्वजनिक गरेर व्यक्तिको स्वतन्तत्रता र मान मर्दन प्रति गरिएको दुव्र्यहारलाई संघले विरोध पनि गरेको छ । धरान–१ स्थित उहाँले सन्चालन गरेको क्लिनिकमा बजार अनुगमन भनेर गरिएको दुव्र्यहारपूर्ण भिडियो र फोटो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । 

व्यवसायीको साझा संगठन सुनसरी उद्योग वाणिज्य संघ धरानले बजार अनुगमनको नाममा धरानका आधिकारिक व्यक्तिको उपस्थित विना व्यक्तिको गोपनीयताको हक विरुद्ध मान मर्दन हुने फोटो र भिडियो खिचेर सार्वजनिक गरेको प्रति घोर भत्र्सना गर्दै आपत्ती पनि जनाएको छ । संघले विज्ञप्ती नै जारी गरेर भत्र्सना गर्दै आपत्ती जनाएको हो । 

सङ्घका अध्यक्ष विजय श्रेष्ठ द्धारा जारी गरिएको विज्ञप्तीमा यस्तो कार्य तुरुन्त वन्द गरि वजार अनुगमन अनुशासित र कानुन सम्मत वनाउन पनि आग्रह गर्न भनिएको छ ।’  साथै स्थानीय सरकार धरान उपमहानगरपालिकाले धरानका व्यवसायीलाई बजार अनुगमनका क्रममा व्यवसायी माथि नै ज्यादती गरेको पनि उल्लेख गरिएको छ ।  निति नियम विपरितका स्वास्थ्य संस्थाहरुलाई कानुनी प्रक्रियामा ल््याउनु राज्यको दायित्व हो तर व्यक्तिको मानमर्दन गरिनु गलत भएको भनेर भत्र्सना गरेको छ । 

यसैगरि सुनसरी उद्योग वाणिज्य संघले धरानको खानेपानीमा दिसा पिसावमा पाइने कोलिफर्म भेटिएकाले सो कुराको भत्र्सना गर्दै धरानवासीलाई तरुन्त खानेपानी प्रशोधन गरेर मात्र वितरण गर्नको लागि पनि धरान उपमहानगरपालिकालाई माग गरेको छ । 

धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बजार अनुगमनको क्रममा भएको भिडियो बारेमा आफु काठमाण्डौ भएकाले सामाजिक सन्जालमा देखेको वताउनु भएको छ । धरान उपमहानगरपालिकाले वजार अनुगमनलाई तीव्र गरेको भन्दै व्यक्तिको स्वतन्त्रता र मान मर्दन माथि आँच आउन दिन नहुने वताउनु भएको छ । 

उहाँले भन्नु भयो,‘व्यक्तिको स्वतन्त्रता पनि हुन्छ,कमी कमजोरी गल्ती भएको खण्डमा कानुनले दण्डित गर्ने कुरा हो’वजार अनुगमनमा टोली सहितको कर्मचारीले सोधनी गरेपछि अव पत्रकार भए सोध्न सकिन्छ तर यो पत्रकारिताको नाममा भएको विकृति फैलिएकाले समस्या भएको हो ।’