धरान ।धरान –सेउतीको जंगलमा विराटनगरका एक युवाका हत्या गरेको आरोपमा प्रहरीले दुइ जनालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ ।

मोरंङको विराटनगरमा प्रहरीले रोहित चौधरीको हत्या गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका १ का ३५ वर्षीय पर्वत भन्ने दिपक तिमिल्सिना र धरान उपमहानगरपालिका १४ का  ३४ वर्षीय अनसन तामाङलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले बुधबार  पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ भने दिपक तिम्सिना चाहिँ घटनाको मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ ।तिम्सिनाले नै रोहितलाई सुनसरी धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकैको जङ्गलमा साउन ५ गते गोली प्रहार गरेको प्रहरी समक्ष स्वीकार गरेका छन्।

प्रहरी समक्ष रोहितलाई लुटेरा समूह मध्येका मुख्य नाइके दिपकले गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले वताउनु भयो । पत्रकार सम्मेलनमा डिआइजी वास्तोलाले चौधरीले होहल्ला गरेपछि त्यसको प्रतिकारमा पेस्तोल प्रहार गरेको पक्राउ परेकाहरुले स्वाीकार गरेका छन् ।  

‘खुकुरी गर्धनमा र पेस्तोल छातीमा देखाएर रोहितसँग गएकी किशोरीको तीन आनाको सुनको सिक्री, मोबाइल र लेडिज झोला लुट्ने क्रममा रोहितले हल्ला  गरेपछि गाेली चलाएको स्वीकार गरेको वताइएको छ ।  । रोहितको हत्या गर्नुको मुख्य कारण लुटपाट रहेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

घट्नामा लुटपाट गरी हत्या गर्ने समूहमा तीन जना रहेको खुलेको छ । अहिले दुई जना पक्राउ परेका छन । एक जना फरार भने अझै फरार रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका समूह यसअघि विभिन्न अपराधमा कैद भुक्तान गरी छुटेका अभियुक्त रहेका छन । पक्राउ परेका दिपक जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान गरी दुई महिना अगाडी छुटेका अभियुक्त हुने भने तामाङ्ग लागू औषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडी छुटेका अभियुक्त हुन ।