धरान । धरानमा डेङ्गुले महामारी फैलिएपछि वडावासीको निम्ति भनेर  धरान उपमहानगरपालिका वडा नं  १४ निशुल्क औषधी उपचारको व्यवस्था गरेको छ । 

वडा भित्र रहेका वडावासीकै लागि भने स्थानीय क्लिनिकमा समन्यव गरि वडाले निशुल्क औषधी उपचारको व्यवस्था गरेर उपचार गर्ने गरिएको वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले वताउनु भयो । उहाँका अनुसार हरेक दिन १५ जना सम्म डेङ्गु सक्रमितहरुले उपचार गराइरहेका छन् । उहाँले भन्नु भयो,‘डेङ्गु सक्रमित भएको चिकित्सकको रिपोर्ट अनुसार स्लाइन पानी सहित अन्य औषधी समेत विरामीको उपचारको लागि व्यवस्था गरेका छौ ।’

वडाको आधारभूत स्वास्थ्य केन्द्रले विजयपुर चौकमा रहेको विजयपुर मेडिकल हलसँग समन्वय गरेर निशुल्क उपचार थालेको हो । विरामीको लागि सम्पूर्ण औषधी उपचारको खर्च १४ नम्बर वडा कार्यालयले नै व्यहोर्ने गरेका छन् ।  वडाले नै विरामीको लागि औषधी उपचारको व्यवस्था गरिदिएपछि वडावासी खुशी भएका छन् ।   

दैनिक जसो विरामीहरुको भीँड हुने गरेकाले औाषधी उपचारको निम्ति वजेट अभाव भएको वडाध्यक्ष भट्टराईले वताउनु भएको छ ।