धरान । सोमबार धरान–१५ स्थित वडा कार्यालय नजिकै रहेको पसलका सञ्चालक गोविन्द घिमिरेले  विक्री गर्न पसलमा राखेको पानीको वोतल आफैंले पिउने क्रममा उक्त पानीको वोतल भित्र किरा फेला परेको छ । 

सिल गरेको कुल डिङ्किङ् वाटरको बोतल खोलेर पिउने क्रममा वोतल भित्रै किरा फेला परेको पसल सन्चालक घिमिरेले वताउनु भएको छ । उहाँले भन्नु भयो, ‘म आफैं पानी सेवन गर्ने क्रममा वोतल भित्र किरै किरा भेटे, आधी पानी पिएपछि मात्रै किरा देखे,यो पानी म आफैले पसलमा राखेर विक्री गर्दै आएको हुँ तर पानी भित्र किरा नै किरा हुँदो रहेछ, पानी उत्पादक कम्पनी उपभोक्ताको स्वास्थ्यमा नै ठूलो खेलबाड गरेकोले उक्त कम्पनीलाई कार्वाही होस्।’

घिमिरेले मात्रै होइन्, पसलमा आउने अन्य ग्राहकले पनि कुल ड्रिङकिङ वाटरकै पानी पिउने क्रममा किरा भेटेको वताएका छन् । टेम्पो चालक समेत रहेका रविन लोहारले पसलबाट पानी किनेर खाँदा त्यहीँ पानीको वोतलमा किरा फेला परेको बताउनु भयो । 

लोहारले भन्नु भयो, ‘म पनि टेम्पो विसाएर यो गर्मीले अत्यधिक प्यास लागेर पानी किनेर हामी अन्य साथीले पनि बाँडेर खाने क्रममा किरा भेटियो, कस्तो लापारवाही गरेको हो ।’पानीको वोतल भित्र किरा फेला परेपछि त्यहाँका पसल सञ्चालकसहित उपभोक्ताले धरान उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष नरेश इवारमलाई खवर गरेर देखाएका थिए । वडाध्यक्ष इवारमले धरान डेङ्गु संक्रमणको प्रकोप फैलिएर महामारी भएको वेला शुद्ध भनेर विक्री गरिने पिउने पानीमा नै किरा भटिकाले उक्त कम्पनीलाई धरानमा विक्री वितरण गर्न रोक लगाउनु पर्ने वताउनु भएको छ । 

उहाँले भन्नु भयो, कुल पिउने पानी पानीमा किराको हुल,यो पानी पिएर जीवन विगार्ने नगरौ भुल।’वडाध्यक्ष इवारमले धरानमा यस्तो डेङ्गुको महामारी भएको अवस्थामा झट्ट हेर्दा लामखुट्टे लार्भा नै जस्तो देखिने किरा भएको हुन सक्ने वताउनु भएको छ । 

उपभोक्ता माथि यस्तो लापारवाही हुने गरेकाले धरान उपमहानगरपालिका र स्वास्थ्य महाशाखा र अन्य सरोकारवालाहरुले निगरानी राखेर हरेक पानीको वोतलहरुमा चेकजाँच गर्नु पर्ने वडाध्यक्ष इवारमको भनाई छ  । उहाँले धरानका उपभोक्ता आफैं पनि सचेत भएर पानी पिउनको लागि आग्रह गर्नु भएको छ ।  उपभोक्ताले पिउने शुद्ध पानी भनेर बजारमा छयाप्छयाप्ती विक्री गरिने कुल ड्रिकिङ वाटर एभरेष्ट फुड एण्ड वेभरेज कम्पनी प्राली इटहरीले उत्पादन गरेको पिउने पानी हो ।      कम्पनिले धरानमा गाढी मार्फत पानी वितरण गर्दै आएकाे छ ।