धरान ।नेकपा एमाले धरानको स्कुल बिभागले तीन महिने प्रशिक्षण अभियान सुरु गरेको छ । तीन महिने प्रशिक्षण अभियानको पहिलो चरणको कार्यक्रम शनिबार सम्पन्न भएको छ । 

‘पहिलो चरणको नगरस्तरिय प्रशिक्षण सम्पन्न भएको छ,अब वडा र टोल स्तरमा यो अभियान पुग्छ,’ एमाले धरानका उप सचीव तथा स्कुल बिभाग प्रमुख योगेशबाबू काफ्लेले वताउनु भएको छ । प्रशिक्षण अभियानमा नेतृत्व बिकाश,प्रतिबेदन तथा माइन्युट लेखन र उद्घोषण तालिम दिएको छ  प्रमुख काफ्लेको भनाई छ ।

प्रशिक्षण अभियानमा एमाले प्रदेश कमिटी सदस्य दोर्पध्वोज राई,एमाले जिल्ला कमिटी सचिबालय सदस्य नारायण प्रसाद सुबेदीले सहजीकरण गर्दै आउनु भएको छ । शनिबार सम्पन्न पहिलो चरणको कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य तथा सुनसरी इन्चार्ज शेरधन राइले एमाले मिसन ८४ मा केन्द्रित भएको बताउनु भयो  । माओवादी सङगको पार्टी एकता  गर्ने भएकै कारण एमालेका कार्यकर्ता ,मतदाता हरु बिचमा एमालेको नियमित उपस्थिति हुन नपाएका कारण अहिले आन्तरिक समस्याहरु बढेको उहाँले बताउनु भयो  । 

एमाले धरानले सुरु गरेको अभियान उदाहरणिय रहेको बन्दै  उहाले अब यो अभियान पार्टीका सबै क्षेत्र पुग्ने बताउनु भएको छ । कार्यक्रममा बोल्दै एमाले कि केन्द्रिय सदस्य मन्जु भण्डारीले कम्युनिस्ट पार्टीका नेताहरुको आचरण बिग्रन थालेको भन्दै उहाँले प्रशिक्षण अभियानले पार्टीका सबैखाले समस्यालाइ समाधान गर्न सहयोग पुग्ने बताउनु भयो  ।

एमाले सुनसरीका सचिबालय सदस्य तथा क्षेत्र १ का सह सम्योजक पदमप्रसाद लिम्बुले एमाले अब नया पुस्तामा रुपान्तरण हुने बताउनु भएको छ  । एमाले धरानका अध्यक्ष हर्कजङ एभेङले एमाले धरान जनता सङ रहने र जनताको समस्य समाधान गर्न निरन्तर लागि पर्ने बताउनु भयो  । कार्यक्रमा एमाले प्रदेश कमिटी सचिबालय सदस्य तथा प्रदेश सांद रमेशकुमार बस्नेतले जनता किन कम्युनिस्ट हुने भन्ने बिषयमा प्रशिक्षण दिनु भएको थियो भने एमाले धरानका उपाध्यक्ष पारस काङमाङ राइले कम्युनिस्ट पार्टीको व्यबहारको बिषयमा प्रशिक्षण दिनु भयो ।