धरान । शनिबार  धरान खेलकुद मञ्चको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले  सर्वसम्मत रुपमा किशोर राईको अध्यक्षतामा २५ सस्यीय नयाँ कार्यसमिति चयन गरको छ ।

यसै गरि समितिको उपाध्यक्षहरुमा वडी विल्डीङ विधाबाट बरिष्ठ उपाध्यक्ष प्रेम प्रकाश लिम्बु,चार उपाध्यक्षहरुमा सितारियो करातेबाट कुवेरमान गुरुङ ,जुडे बाट रोशनी राई,भलिबलबाट डम्बर लिम्बु,आर्चरीबाट हिमाल लिम्बु रहनु भएको छ । महासचिवमा वडीविल्डीङबाट विक्रम लिम्बु चयन हुनु भएको छ भने ा सह महासचिवमा उसुबाट विकि राई र सितोरियो करातेबाट कोषाध्यक्ष समुना लिम्बु चयन हुनु भएको वताइएको छ । 

अधिवेशनले सदस्यहरुमा मोहन मगराती,देबेन्द्र खड्का, लोकमान लिम्बु,सुरज कार्की,धर्म तामाङ,बसन्त राई,गिता थापामगर,नविन राई र सुरज घिमिरे ,सन्तोष लोहोरुङ राई, प्रताप तामाङ मोहन पाण्डे सहित कुरास र प्यारागाईडिङबाट समेत सदस्य राखिने गरी २५ सदस्यीय कार्यसमिती गठन भएको अध्यक्ष राईले वताउनु भयो । 

नव निर्वाचित अध्यक्ष राईले खेलकुद क्षेत्रको आन्तरीक प्रवद्र्धन,बिकास ,समृद्धी र संरक्षणका लागि मञ्चले प्राथमिकता दिदै अग्रणी भुमिका खल्ने बताउनु भएको छ । उहाँले भन्नु भयो,‘खेलकुद विकासलाई अवरुद्ध गर्ने जुनसुकै राज्यका शक्तिहरुसँग चुनौतीको सामाना गर्दे खेलकुद र खेलाडी बचाउने कार्यमा लाग्ने प्रतिपद्धता व्यक्त गर्दछु ।