विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अवको सरकार कांग्रेससँग मिलेर वनाउन नेकपा एमाले  तयार रहेको वताउनु भएको  छ  । 

शुक्रवार विराटनगरको विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नु भयो,कोशी प्रदेशको विकास समृद्धि अनि जन चाहनालाई मनन् गर्दै काँग्रेसलाई मुख्यमन्त्री दिन हामी तयार छौं,बहुमत नभएपछि मुख्यमन्त्री दिन पनि तयार हुनुपर्छ । तर कार्यकाल बाँड्ने कुरामा म सहमत छैन ।’  

सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्वहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुनस् कार्यभार सम्हाल्नु भएको छ ।