धरान ।  धरान उपमहानगरपालिका– ४ स्थित  छोटी मोरङमा रहेको जग्गामा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई वृक्षारोपण नगर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । 

2 5

उक्त जग्गा धरान वडा नम्बर १ पुर्व वडाध्यक्ष  रोशन अधिकारीको श्रीमती रोजिनाले आफ्नो नाममा रहेको जग्गामा धरानका मेयर हर्क साम्पाङले जवरजस्त ग्गामा वृक्षारोपण  गरेको भनेर न्यायको लागि अदालतमा रिट निवेदन दिनु भएको थियो । 

उहाँले दिनु भएको रिट निवेदनको बिहिबार सुनुवाई  भएपछि उक्त जग्गामा वृक्षारोपण नर्गन भनिएको हो । न्यायधिश मिलनकुमार राईको इजलाशले मुद्दाको अन्तिम टुंगो नलागेसम्म निवेदकको नाममा दर्ता भएको किता नम्बर ४२१ र ३४५ को जग्गामा अनधिकृतरुपमा प्रवेश गर्ने, वृक्षारोपण गर्ने गराउने कार्य नगर्नु, र  नगराउनु भन्ने अन्तरिम आदेश जारी  छ । 

 निवेदक रोजिनाको नाममा धरान बाँझगरा गाविस ९ (ग) कित्ता नम्बर ४२१ र ३४५ को जग्गाको दर्ता स्वामित्व रहेको जग्गा धनिपुर्जा प्रतिलिपीबाट देखिएकोले कानुन वमोजिम अन्यथा नभएसम्म निजको हक दर्ता रहेको जग्गामा भोग स्वामित्व, अहरणीय हक अधिकारकोरुपमा रहने पनि आदेशमा उल्लेख छ । 

 शनिबार धरानका मेयरले  सर्दु जलाधार क्षेत्रमा पर्ने छोटी मोरङ डाँडामा वृक्षारोपण गरेपछि विवाद उत्पन्न भएको थियो ।