विराटनगर ।मोरङको विराटनगरमा एक जना मोटरसाइकल सहित वेवारिसे पैनीमा घोप्टो परेर लडिरहेको अवस्थामा भेटेर प्रहरीले उपचारको लागि अस्पताल पुर्याएका एक पुरुषको मृत्यु भएको छ । 

प्रहरीका अनुसार अन्दाजी ३० वर्षको उमेर रहेको युवाको पहिचान भने खुल्न सकेको छैन । मृतक युवा विराटनगर महानगरपालिका–१४ स्थित कच्ची सडक नजिकको पैनीमा हेल्मेट लगाएर ढलिरहेको अवस्थामा राति ९ बजेतिर भेटिएको प्रहरीले जनाएको छ । उद्धार गरेर प्रहरीले उपचारका लागि विराटनगरको कोसी अस्पताल लगेकाे िथयाे  । 

 मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार टाउकोमा हेल्मेट लगाएको र घोप्टो परेको अचेत अवस्थामा पैनीमा फेला परेका पुरुषलाई उद्धार गरेर उपचारका लागि लगिएको थियो  । 

घटनास्थलनजिकै सडकमा बा ६८ प ३११४ नम्बरको मोटरसाइकल पनि फेला परेको छ। मोटरसाइकल इलाका प्रहरी कार्यालय रानीमा लगेर राखिएको छ। घटनास्थलनजिकै सडकमा मोटरसाइकल लडिरहेको अवस्थामा भेटिएको थियो प्रहरीका अनुसार  मोटरसाइकल दुर्घटना हुँदा चालक हेल्मेट सहित घोप्टो परी लडेको र पैनीबाट उठ्न नसकेको हुनसक्ने अनुमान गरिएको छ। 

शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान सुरु गरेर मृतकको पहिचानको प्रयास भइरहेको प्रहरीको भनाइ छ।