धरान । नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य सुविन विश्वकर्मालाई समाचार लेखेको विषयमा ज्यान मार्ने दिएको धम्की प्रति पेशागत पत्रकार संगठनले आपती जनाउँदै   गम्भीर ध्यानाकषण भएको जनाएको छ । 

श्रमजीवि पत्रकारहरुको साझासंगठन प्रेस चौतारी नेपाल सुनसरी र प्रेस संगठन नेपाल सुनसरीले विज्ञप्ती जारी गर्दै गंभीर ध्यानाकर्षण भएको जनाएको हो ।  चौतारीका अध्यक्ष शुभद्रा प्याकुरेल र प्रेस संगठनका अध्यक्ष तिर्थ कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तीमा समाचार लेखेकै निहुँमा ज्यान मार्ने दिएको धम्की प्रेस स्वतन्त्रता माथि नै गंभीर प्रहार भएको भन्दै दोषी उपर कार्वाहीको माग समेत गरिएको छ ।

ppp 1

विज्ञप्तीमा भनिएको छ,‘समाचारको विषयमा आपती भएको खण्डमा कानुनी पाटो समेत रहेको छ,धाक धम्की अभिव्यक्ति स्वतन्त्रता दवाउन खोजिएको कार्य प्रति आपती रहेको छ ।’ साथै निरन्तर रुपमा पत्रकारिताको क्षेत्रमा रहेका पत्रकार विश्वकर्मालाई गरिएको धम्की र व्यवहार प्रति माफि माग्न समेत भनिएको छ ।  

363294163_802915987974020_4206342012444998274_n

बराहाक्षेत्रका पत्रकार विश्वकर्मालाई समाचार लेखेको विषयमा बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीका सचिवालयमा कार्यरत सुरज क्षेत्री र रोहित बस्नेतले हिजो घरमै गएर धम्की दिएको छ  ।मेयर कार्कीका विषयमा पत्रकार विश्वकर्माले  हिजो हाम्रो शब्द अनलाइनमा अपरिपक्व मेयर,जो आलोचना सहँदैनन् भन्ने शीर्षकमा समाचार लेख्नु भएको थियो ।  

समाचार प्रकाशित मेयरका सचिवालय सदस्य सुरज क्षेत्रीले फोन मार्फत भेटेर कुरा गर्ने भन्दै धम्की दिएको पत्रकार विश्वकर्माले वताउनु भएको छ । तर पत्रकार विश्वकर्माले भेट्न नमानेपछि क्षेत्रीले ‘तिमी बढी भयौ बसेर लामो कुराकानी गर्नु पर्ने छ’ भन्दै फोन काटेको वताइएको छ ।

धम्की दिइएको अडियो समेत सार्वजनिक भएको छ ।क्षेत्रीले घरैमा पुगेर पनि हात खुट्टा भाँचिदिन्छु’ भन्दै धम्क्याएका वताइएको छ ।  बराहक्षेत्रका मेयर रमेश कार्की नेपाली कांग्रेसका तर्फबाट निर्वाचित हुनु भएको हो ।

पत्रकार विश्वकर्माले आफु असुरक्षित भएको वताउनु भएको छ । उहाँले अझै पनि मेयरको समाचारको विषयमा बारम्बार धम्की आइरहेको वताउनु भयो । उहाँले भन्नु‘’धम्की आउन रोकिएको छैन,पटक–पटक धम्की दिने गरिएको छ,,परिवारमा समेत तनाव श्रृजना भएको छ।

पत्रकार  सुविनको समाचार लिंक खोलेर हेर्नुहोस् । https://hamrosabda.com/blog/opinion/691/?fbclid=IwAR1inskooVCE08GlM5eff6lMWTAI-yY4NA3LpvkXj3-FWEAd5unCtdVnFWE