धरान । डेङगुको प्रकोप धरानमा जताततै फैलिँदै गएर जन जीवन अति प्रभावित भएपछि धरान ६ पानबारीमा सामुदायिक वनले पनि उपभोक्ताको लागि भनेर फगिङ गर्ने कार्य शुरु गरेको छ । 

363299679_631705565723431_8550819901455180243_n

पानबारी सामुदायिक वन उपभोक्ता समुहको अगुवाईमा वन उपभोक्ताको टोल वस्तीमा फगिङ गर्ने कार्य शुरुवात गरिएको वन समितीका अध्यक्ष भुपाल राईले वताउनु भएको छ ।  उहाँका अनुसार सोमबारदेखि सामुदायिक वन उपभोक्ताको टोल वस्तीमा गएर लामखुट्टे नष्ट गर्नको निम्ति उक्तm फगिङ गर्ने कार्यको शरुवात गरिएको हो । 

363313316_801733678310111_247838222737844119_n

सामुदायिक वनले धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखासँग समन्वयमा गरिएको हो ।     वन समितीका अध्यक्ष राईका अनुसार आज सम्म उक्त कार्य सकिने र फेरी पनि  डेङ्गु नियन्त्रणको निम्ती अरु कार्यहरु पनि गरिने वताइएको छ । यस अघि ६ नम्बर वडा समितीले. पनि फगिङ गरेको थियो  ।