धरान।सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ७ ले हरेक वर्ष जेष्ठ नागरिकको लागि भनेर हरलिक्स वितरण गर्ने गरेको छ । 

वडाका जेष्ठ नागरिकलाई कार्यालयमा वोलाएर हरेक वर्ष १ केजीको हरलिक्स वितरण गर्दै आएको धरान उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जीवनराज सुवेदीले वताउनु भएको छ । उहाँले जेष्ठ नागरिकहरुलाई पोषण कार्यक्रम अन्र्तगत वडाले वितरण गर्ने गरेको हो  र वडाले निरन्तर रुपमा यो कार्यक्रम सन्चालन पनि गर्दै आएको छ । 

362478726_758940119340279_9144022805861475968_n

७ नम्बर वडाका वडा सदस्य सुमिर बम्जनका अनुसार २ सय १५ जना जेष्ठ नागरिकलाई यो वर्ष  हरलिक्स वितरण गरिएको वताउनु भयो । उहाँले भन्नु भयो,‘जेष्ठ नागरिकका लागि यो पोषण कार्यक्रम अन्र्तगत विशेष कार्यक्रम हो,हरेक वर्ष नै यहाँका जेष्ठ नागरिकलाई वितरण गर्दै आएको छौ, वडाको प्रभावकारी कार्यक्रम हो । 

वृद्ध अवस्थामा वडाबाटै हरलिक्स पाउने व्यवस्था भएपछि ७१ वर्षीय धर्मराज तिम्लिसिनाले वडाका जन प्रतिनिधीलाई खुशी हुँदै धन्यबाद दिनु भएको छ ।  धरान  वडा नम्बर ७ ले सुत्केरी हुने महिलाहरुलाई ५ हजार भत्ता वितरण गर्ने गरेको छ भने बच्चाका लागि वैक खाता खोलेर ३ हजार रुपैयाँ वैकमा जम्मा समेत गरिदिने व्यवस्था गरेको छ ।