कतार  / गैरआवासीय नेपाली संघ कतारको आगामी २०२३–२०२५ को लागि निर्वाचनको सरागर्मी बढेको छ ।  रोजगारीको सिलसिलामा नेपालका विभिन्न स्थानबाट कतार पुगेका नेपालीहरुको संस्था  एनआरएनएको  यही  आगामी २७ र २८ जुलाईमा निर्वाचन हुन लागेको हो । 

गैरआवासीय नेपाली संघ कतारको शुद्धता, श्रमिकहरूको हितमा काम गर्ने प्रतिबद्धता” भन्ने मुल नाराका साथ सुनसरी बाहक्षेत्र नगरपालिकाका गणेश कार्कीले पनि सचिव पदमा उम्मेदारी दिनु भएको छ । 

२०३८ सालमा भोजपुर जिल्लामा जन्मनुभएका कार्कीले नेपाल आर्मीको स्पेसल फोर्समा रहेर ८ बर्ष काम गर्नुभयो । वैदेशिक रोजगारीको क्रममा सन्  २०१६ देखी कतारमा रहँदै आउनुभएको छ । नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च कतारको राष्ट्रिय समिति सचिवालय सदस्य पदमा रहि आप्रवासी नेपालीको हकहितमा काम गर्दै आउनु भएका कार्की श्रमजिवी नेपालीहरुमा निके लोकविप्रय हुनु हुन्छ । 

कोभिड १९ को विश्व माहामारीमा कतारमा रहेका नेपाली श्रमिकहरुको सेवामा आफ्नो ज्यानको प्रवाह नगरी सहयोग र उद्धार गरेको नेपाली समाजले विर्सेका छैनन् ।  

एनआरएनए, एनसिसिमा भए गरेका अहिलेसम्मका बेथितिहरुको अन्त्य गर्दै, दोहा कतारको नेपाली समाजलाई एकताबद्द ढंगले अगाडी बढाउने, गैरआवासीय नेपाली संघ कतारलाई राजनीति गर्ने अखाडा बाट मुक्त गर्ने आफ्नो लक्ष्य रहेको उहाँको भनाई छ । 'अफ्ठ्यारोमा परेका नेपालीहरुलाई सहयोग गर्ने,प्रवासी श्रमीकका मागलाई सम्वोधन गराउन सधै लागी पर्ने कार्कीको भनाई रहेको छ । संगठनलाई राजनीतिकबाट मुक्त बनाउन मेरो पहल हुने छ ।'- उहाँ भन्नुहुन्छ - 'म बिगतमा भए गरेका विभिन्न कमजोरीहरुलाई आफ्नो पहलमा सुधार गर्ने र यस कार्यकाल देखी पुनः बिगतका घटनाक्रमहरु नघटाउनको लागी मेरो उम्मेद्बारी हो । कतारको हकमा कुनै दल बिशेष भन्दा पनि पहिलो एक श्रमिक भएकाले पहिलो रोजाई श्रमजिवीहरुका लागी निरन्तर साथ सहयोगका साथ आफुले पाएको जिम्मेवारी बिवाद रहित तवरले पूरा गर्ने प्रतिबद्धताका साथ अघि बढ्ने ।' 

पार्टी भन्दा पनि श्रमिकका बिषयलाई पहिलो प्राथमिकता दिने उहाँको भनाई छ ।  एनआरएनए आइसिसि र एनसीसी कतारको २०२३ र २५ कार्यकालका लागि विभिन्न ४२ पदमा ९१ जनाले उम्मेदवारी दर्ता गराएको एनआरएनए कतारको निर्वाचन समितीले जानकारी गराएको छ । आगामी २७ र २८ जुलाई २०२३ मा निर्बाचन र २९ जुलाई २०२३ मा दशौ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरिएको छ । डिजिटल पद्धतिबाट राति १२ बजेसम्म नेपाली समयमा मतदान गर्ने समय सीमा तोकिएको छ ।

May be an image of 1 person and text that says 'NRNA गैरआवासीय नेपाली संघ राष्ट्रय समन्वय परिषद् कत्तार गणेश कार्की सचिव पदको उम्मेद्वार कार्यकाल २०२३-२०२५ एनआरएनए एनसिसि कतार लागि श्रमिकहरुको हक हित सुविश्रिताका गराएर हेनुहोस मात्र एक कार्यकाल बिजय MORE INFO 33306650'