• शिवप्रसाद आचार्य 

फत्तेपुर  / सप्तकोसी नगरपालिकाले पार्किङ शुल्क वृद्धि गरेको विरोधमा नगर भित्र चल्ने तीन पाङ्रे सवारी साधनले विरोध जनाएका छन् । उनीहरुले आइतबारे सडक जाम नै गरे ।   

                   आर्थिक बर्ष २०८०/८१ को लागि श्रावन १ गते देखि लागू हुने गरि पार्किङ शुल्क वृद्धि गरेको बिरोधमा तीन पाङ्ग्रे सवारी साधनले आइतबार बिरोध स्वरुप चक्का जाम गरेका हुन।  गत आब मा २० रुपैया रहेको पार्किङ शुल्क एक्कासि ५० रुपैया बनाएको तथा चर्पी र उचित पार्किङको ब्यबस्था नगरेको हुनाले बिरोधमा उत्रिनु परेको सप्तकोसी अटो तथा इ रिक्सा सघ फत्तेपुर का कार्यबाहक अध्यक्ष कृष्णप्रसाद अधिकारिले बताउनुभयो । हाल यस  समूह मा ४० वटा तीन पाङ्ग्रे सवारी साधन आबद्ध रहेको जनाउदै अधिकारिले  नगरपालिकाले ढाड सेक्ने तरिकाले ल्याएको शुल्क मान्य नहुने उहाँले बताउनु भयो । 

बिरोध कार्यक्रममा उपस्थित भएका अटो चालक केदार पराजुलीले दैनिक आम्दानीले गाडी पाल्नै  गारो छ, त्यस माथी तेल,गाडी मर्मत  र  नगरको शुल्कले टेम्पु तथा सफारी ब्याबसायी पलाएन हुने बताउनु भयो ।  

            नगरपालिकाले निर्धारण गरेको दस्तुर अनुसार रकम तिरी ठेक्का सन्चालन गरेका ठेकेदार सुशील आचार्यले आफू नगरले निर्धारण गरेको शुल्क भन्दा बाहिर नगएको बताउनु भएको छ । 'हामीसँग नगरले उपलब्ध गराएको मापदण्ड तथा शुल्क छ, त्यस परिधिभित्र रहेर हामीले गत बर्ष को भन्दा कम दर रेटमा शुल्क असुली गरिरहेका छौ।' - उहाँले भन्नु भयो -'नगरपालिकाले गत बर्ष भन्दा बढाएर टेन्डर लागाउने   अनि शुल्क चै घटाएर असुली गर भन्ने नीति ल्याउन लागेको छ । यसरी व्यवसायीले काम गर्न सक्दै‌नन् । '

                यस  बिषय सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालसँग सम्पर्क गर्दा दुई पक्षलाई अप्ठ्यारो नपर्ने तरिकाले नगरले संंयोजन गर्ने र  अटो तथा इ रिक्साहरुलाइ पर्दै आएको चर्पी तथा पार्किङको समस्या  साउन महिनाको अन्तसम्म मा समाधान हुने बताउनु भएको छ ।