धरान । कोशी राजमार्ग अन्तर्गत धरान–इटहरी सडक–खण्डको चारकोसे जङ्गल क्षेत्रमा एक युवालाई गोली हानी हत्या गर्ने लटेरा समुहलाई पक्राउ गर्न सकेको छैन् भने खोजतलास प्रहरीले तीव्र वनाएको छ । 

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार घट्नामा संलग्नको खोजी कार्य प्रहरीले तीव्र वनाएको छ । घट्ना भएको स्थल धरान र इटहरीको वीच जंगलमा भएकाले पनि धरान र इटहरी प्रहरी दुवैले सर्च अभियान नै घट्ना भएको दिन  देखि नै  तीव्र पारेको छ । तर पनि घट्ना संलग्नहरु प्क्राउ पर्न सकेका छैनन् ।

यता  गोली हानेर गंभीर घाइते भई उपचारको क्रममा मृत्यु भएका विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीको शव आज आफन्तजनले वुझेका छन् ।इलाका प्रहरी कार्यालय धरानका डिसपी मल्लले दिएको जानकारी अनुसार आफन्तजन आएर मृतकको शव वुझेका हुन् ।  

म्ृतक चौधरी नोबेल अस्पताल विराटनगरमा पूर्व–प्राविधिकका रूपमा कार्यरत  रहनु भएको थियो । उहाँ साथमा रहनु भएकी सुमना खत्रीले प्रहरीलाई दिएको प्रारम्भिक बयानका अनुसार तीनजनाको समूहमा आएका अज्ञात समूहले चौधरीलाई शुक्रबार साँझ गोली प्रहार गरी लुटपाट गरेको थियो ।

दुई जनाको साथमा खुकुरी र एकजनाको साथमा पेस्तोल रहेको थियो । सुमना पनि नोबेल अस्पतालकै रेकर्ड शाखामा कार्यरत कर्मचारी रहेको प्रहरीले नाएको छ ।  मृतक चौधरीबाट लुटेराको समूहले मोबाइल र पैसा लुटेर गलेका छन् । घटना पछि व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।

 धरान इटहरी सडक खण्ड दुर्घटनाको हिसावले पनि असुरक्षित वन्दै  आएको छ भने चारकोशे जंगलमा लुटपात र चोरीको घट्ना पनि उतिकै वढ्न थालेपछि धरान सर्वसाधारणमा त्रास वढ्दै गएको छ ।